२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

परीक्षण नहुँदा सर्लाही का गाउँगाउँमा सङ्क्रमणको त्रास

२२ बैशाख २०७८, बुधबार ०८:५८

वैशाख २२, सर्लाही (रासस)। कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर जाने गरेका कारण जिल्लाका गाउँ वस्तीहरुमा कोराना सङ्क्रमण फैलिने सम्भावना रहेको छ ।

भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर सङ्क्रमण पत्ता लगाउने भनिए पनि जिल्लाका नाकाहरुमा जाँच हुने गरेको छैन । स्वास्थ्य कार्यालयमा पिसिआर जाँच हुने गरेको भएपनि नागरिकको पिसिआर परीक्षणमा चासो कम देखिएको कार्यालयका सूचना अधिकारी बलिराम यादवले बताउनुभयो ।

खुला सीमाबाट निर्वाधरुपमा बिना परीक्षण नै मानिसको आवतजावत हुँदा कोरोनाको सङ्क्रमण गाउँघरमा फैलिएको भन्दै जिल्लाका अधिकांश स्थानीय निकायले पूर्ण तथा आंशिक निषेधाज्ञाको घोषणा गरेका छन् । जिल्लामा हालसम्म १२६ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ भने चार जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट