२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकका सबै पालिकामा आइसोलेसन कक्ष तयार

२८ बैशाख २०७८, मंगलवार ०९:३२

वैशाख २८, चौतारा (रासस)। कोभिड–१९ को दोस्रो लहर शुरु भई सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा अक्सिजनसहित २६ शय्या तथा बाह्रबिसे र मेलम्चीमा क्रमशः १० र १२ शय्याको आइसोलेसन कक्ष तयार भइसकेको जनाइएको छ । 

वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईका अनुसार ९० वटा अक्सिजन सिलिण्डरमध्ये ६३ वटा विभिन्न पालिकामा पठाइएको छ ।

भोटेकोशी गाउँपालिका–५ को चाकुमा चिकित्सक तथा अक्सिजनसहितको आठ शय्या, वडा नम्बर ४ मा १० शय्याको क्वारेन्टिन तथा सखुवाको नयाँपुलमा हेल्थ डेस्क स्थापना गरी नेपाल प्रहरी र स्वास्थ्यकर्मीको समन्वयमा जाँच शुरु गरएको छ । सङ्क्रमितको लागि तीनवटा एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याइएको छ । पालिका प्रवेश गर्ने सबैको परीक्षण गरी लगत राख्ने काम समेत भइरहेको पालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्क्रमितको लागि सुनकोशी गाउँपालिकाको खाडीचौरस्थित सदाबहार अस्पतालमा १० शय्याको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ । त्यसैगरी लिसङ्खु पाखर गाउँपालिकाले डाँडापाखरमा अक्सिजनसहितको १० शङ्या, त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन, पिस्कर र तौथलीसहित तीन वडामा अक्सिजनसहितको ४५ शय्या र जुगल गाउँपालिकाले ७० शैयाको आइसोलेसन कक्ष तयार गरेको छ । दुई डाक्टर र यथेष्ट स्वास्थ्यकर्मी मौजुद रहेको त्यहाँ आइतबारदेखि नै बिरामीको उपचार भइरहेको गाउँपालिका महासङ्घका अध्यक्ष एवं पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि तिपेनीस्थित स्वास्थ्यचौकीमा अक्सिजनसहित १० शय्याको आइसोलेसन कक्ष तयार भएको उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो ।

हेलम्बु गाउँपालिकाको तीन वडामा ३५ शय्याको आइसोलेसन कक्ष तयार भए पनि सङ्क्रमित बिरामीहरु जान नचाहेपछि सबै आफ्नै घरमा आइसोलेसनमा बस्दै आएको पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । त्यस्तै इन्द्रावती गाउँपालिकाले पनि सिपापोखरेमा १३ शय्याको आइसोलेसन कक्ष तयार गरेको छ । अक्सिजन तथा चिकित्सक र नर्ससहितले सेवा प्रदान गर्ने गाउँपालिका महासङ्घका महासचिव एवं पालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना भाइरस सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या ४१७ पुगेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसैबीच जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा थप कडाइ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान