२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन हस्तान्तरण

२०७८, ३० बैशाख बिहीबार १५:४५

 वैशाख ३०, महोत्तरी (रासस) । कोरोना सङ्क्रमण वृद्धिभएसँगै  बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन प्रदान गरिएको छ  । बर्दिबास–१ का  उद्योगी  उमेश साहले आज  अस्पताललाई ती अक्सिजनका सिलिण्डर हस्तान्तरण गर्नुभयो ।

उहाँले बर्दिबास नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिदुरकुमार कार्कीलाई हस्तान्तरण गर्नु भएको  हो । व्यवसायि साहले आपूmले उपलव्ध गराएको अक्सिजन सिलिण्डर  सङ्क्रमित र अन्य कारणले ज्यान जोखिममा रहेका बिरामीका लागि प्रयोग गर्न  आग्रह गर्नुभयो ।

नगरप्रमुख  कार्कीले धमाधम सङ्क्रमित बढी रहेका बेला ती अक्सिजन सिलिण्डर  ज्यान बचाउन सहयोग गर्ने बताउनुभयो । अस्तालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले जटिल सङ्क्रमितलाई जोगाउन लागि अक्सिजनका सिलिण्डर प्रयोग गरिने  जानकारी दिनुभयो । 

अस्पतालले पिसिआर उपकरण जडान गरी स्वाव सङ्कलन र परीक्षण सेवा दिदै आएको छ । गत हिउँदमा सङ्क्रमण देखिन छाडेपछि स्थगित गरिएको यो सेवा  दोहोरिएर सङ्क्रमण बढेपछि पुनः सुचारु ग्रिएको हो । अक्सिजन सुविधासहितको १०० श्ययाको आइसोलेशन कक्ष सञ्चालन गरिन लागिएको नगरप्रमुख कार्कीले बताउनुभयो । 

अस्पतालबाट ६३० जनाको स्वाव सङ्कलन गरिएको छ । ती मध्ये १९२ को नतिजा आउन बाँकी रहेको र २१० जनामा सङ्क्रमण पुष्टि भएको  नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु यादवले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएमध्ये १०० हाराहारी  नगरक्षेत्रका र अन्य अन्यत्रका रहेका जनस्वास्थ्य निरीक्षकसमेत रहनु भएका यादवले उल्लेख गर्नुभयो ।

अस्पतालमा हालसम्म अक्सिजन नै प्रयोग गर्नुपर्ने प्रकृतिका सङ्क्रमित हालसम्म नरहेका अस्पतालले जनाएको छ । यसैबीच आज बिहीवार कोविड–१९ सङ्क्रमणसँग मेल खाने लक्षण देखिएका १५ जनाको एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी