Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङमा बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ४, काठमाडौं । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो ।

उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो ।

पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी  भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

त्यही क्रममा  बुबाको आइतबार मृत्यु भएको थियो ।

सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो ।

यद्यपि बुबाको मृत्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन । आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको  स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए ।

कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएको तर परीक्षणमा भने रिपोर्ट नेगेटिभ देखिएको थियो । यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।