गणेश शिर्पाली/साउन २७, रुकुम । रुकुमको यमुना नन्दनमुना उमावि सेरीगाउँका एकजना शिक्षकले विद्यार्थीलाई असफल वनाउन वेईमानी गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश शिर्पाली/साउन २७, रुकुम । रुकुमको यमुना नन्दनमुना उमावि सेरीगाउँका एकजना शिक्षकले विद्यार्थीलाई असफल वनाउन वेईमानी गरेको"/>
2026-09-18 08:17 PM
काठमाडौँ - KTM

शिक्षकले विद्यार्थीलाई एसएलसीमा असफल गराउन यतिसम्म गरे !

गणेश शिर्पाली/साउन २७, रुकुम । रुकुमको यमुना नन्दनमुना उमावि सेरीगाउँका एकजना शिक्षकले विद्यार्थीलाई असफल वनाउन वेईमानी गरेको रहस्य खुलेको छ ।

विद्यालयमा कार्यरत शिक्षक वसन्त नेपालीले एसएलसि परिक्षामा सहभागि मुरु गाविस वडा नम्वर ६ घर भई हाल मुसिकोट नगरपालिका १ मा वस्ने सुमन केसीको गणित विषयमा थपेका सवै कापिहरु अर्का एक्जेम्टेड विद्यार्थी मिलेश कलेलको कापिमा राखेर वेईमानी गरेका हुन् । 

सुमन केसीले अरु सवै विषयमा ए प्लस ल्याएपनि अनिवार्य गणित विषयमा डि ग्रेड आएपछि परिक्षा नियन्त्रण कार्यालयमा रिटोट्लिङ र रिचेकका लागी निवेदन दिनुभएको थियो । गणित विषयको कापी पुन: चेक गर्दा सुमनले थपेका वि,सि र डि कापी मिलेश कलेलको कापिमा स्टिज गरेको भेटिएको हो । 

परिक्षामा कोठा नम्वर ९ मा खटिएका शिक्षक वसन्त नेपालीले कोठा नम्वर ३ मा निरिक्षकको रुपमा खटिएकी लक्ष्मी खड्काको हस्ताक्षर समेत सच्याएर आफ्नो हस्ताक्षर गरेको कापि रिचेकका क्रममा भेटिएको छ । तत्कालिन परिक्षका केन्द्राध्यक्ष एव्म विद्यालयका प्राचार्य दामोदर पौडेलले यस्तो काम जगन्य अपराध भएको र आफुले शिक्षक वसन्त नेपालीलाई कार्वाही गर्न सरोकारवालालाई सघाउने वताउनुभयो । 

शिक्षा ऐन अनुसार यस्तो गैरकानुनि काम गर्नेलाई एकलाख जरिवाना, २ वर्ष सम्म कैद वा दुवै सजाए हुनसक्ने कानुनि प्रावधान रहेको जिल्ला शिक्षा कार्यालका शाखा अधिकृत देविलाल विष्टले वताउनुभयो । 

उहाँले भन्नुभयो – “घटनाको प्रकृति हेरी जागिरवाट वखास्त समेत हुनसक्छ ।” उजुरी नआएपनि सेरीगाउँ स्कुलवाट परिक्षा दिएका अरु ४ जना विद्यार्थीहरुको पनि यस्तो भएको प्राचार्य दामोदर पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई