२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सक्रिय सङ्क्रमितको सङ्ख्या हजार नाघ्यो, अहिले सम्म १७ जनाको मृत्यु

९ जेष्ठ २०७८, आईतवार १४:५२

जेठ ९, त्रिशूली (रासस) । नुवाकोटमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालयअनुसार जिल्लामा आजसम्मको तथ्याङ्कअनुसार भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १२ जना पुगेको हो । आज थप एक जना सङ्क्रमितको उपचारको क्रममा ज्यान गएसगैँ रोगबाट मृत्यु हुनेको सङ्ख्या जिल्ला भित्र १७ जना पुगेको छ । 

विसं २०७७ फागुन ११ गतेदेखि सक्रिय सङ्क्रमित शून्य रहेको नुवाकोटमा कोरोनाको दोश्रो लहर गत चैत २३ गतेदेखि देखा परेको थियो । स्वास्थ्य कार्यालय नुवाकोटको सूचना अधिकृत उत्तमराज खनालका अनुसार दोश्रो लहर शुरु भएको एक महिनामा गत वैशाख २१ मा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या २०० पुगेको थियो ।

रोगको सङ्क्रमण रोक्न सोही दिनदेखि निषेधाज्ञा निरन्तर जारी गरिए पनि त्यसपछिको २० दिनको अवधिमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच गुणाले बढेर एक हजार नाघेको हो । “कोरोनाको पहिलो लहरमा त्रास मात्रै देखाएको थियो, दोश्रो लहरमा सङ्क्रमणको दर निकै बढ्यो”, सूचना अधिकृत खनालले भन्ुनभयो “ज्यान गुमाउनेको सङ्ख्या पहिलो लहरमा एक जना मात्रै रहेकोमा दोश्रो लहरमा जिल्लाभित्र १६ थपिएका छन् ।”

जिल्लामा सक्रिय सङ्क्रमितमध्ये विदूर नगरपालिकामा मात्रै ३२२ जना छन् । बेलकोटगढी नगरपालिकामा ९१, ककनी गाउँपालिकामा ५२, सूर्यगढीमा ६६, लिखुमा ६१, शिवपुरीमा ८६, पञ्चकन्यामा १६, दुप्चेश्वरमा २१ जना छन् । यस्तै, तादीमा ६०, किस्पाङमा ९०, म्यागङमा २६ र तारकेश्रमा १२१ जना छन् ।

श्वासप्रश्वासमा समस्या देखिएका ५९ जनालाई त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा र ३७ जनालाई स्थानीयतहले बनाएको आइसोलेशन केन्द्रमा चिकित्सक एवम् स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

अवस्था सामान्य भएका ९१६ जनालाई घरको एकान्तबाँस (होम आइसोलेसन)मा राखिएको छ । सङ्क्रमितलाई राख्न त्रिशूली अस्पतालमा ८० शय्या र स्थानीयतहले १८७ शय्याको आइसोलेशन केन्द्र बनाएका छन् ।

हालसम्म जिल्लाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई हजार ७६१ जना पुगेकोमा त्यसमध्ये एक हजार ७३२ जना निको भएर समुदायमा फर्किएका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटले जिल्ला भित्रै कोरोना पहिचान भएका र ज्यान गुमाएका व्यक्तिको मात्रै तथ्याङ्क राख्ने भएकाले रोगको पहिचान, उपचार र सोही क्रममा जिल्लाभित्र देखिएका सरह जिल्ला बाहिर विशेष गरेर काठमाडौँ उपत्यकामा रहेको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान