२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सक्रिय सङ्क्रमितको सङ्ख्या हजार नाघ्यो, अहिले सम्म १७ जनाको मृत्यु

२०७८, ९ जेष्ठ आईतवार १४:५२

जेठ ९, त्रिशूली (रासस) । नुवाकोटमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालयअनुसार जिल्लामा आजसम्मको तथ्याङ्कअनुसार भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १२ जना पुगेको हो । आज थप एक जना सङ्क्रमितको उपचारको क्रममा ज्यान गएसगैँ रोगबाट मृत्यु हुनेको सङ्ख्या जिल्ला भित्र १७ जना पुगेको छ । 

विसं २०७७ फागुन ११ गतेदेखि सक्रिय सङ्क्रमित शून्य रहेको नुवाकोटमा कोरोनाको दोश्रो लहर गत चैत २३ गतेदेखि देखा परेको थियो । स्वास्थ्य कार्यालय नुवाकोटको सूचना अधिकृत उत्तमराज खनालका अनुसार दोश्रो लहर शुरु भएको एक महिनामा गत वैशाख २१ मा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या २०० पुगेको थियो ।

रोगको सङ्क्रमण रोक्न सोही दिनदेखि निषेधाज्ञा निरन्तर जारी गरिए पनि त्यसपछिको २० दिनको अवधिमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच गुणाले बढेर एक हजार नाघेको हो । “कोरोनाको पहिलो लहरमा त्रास मात्रै देखाएको थियो, दोश्रो लहरमा सङ्क्रमणको दर निकै बढ्यो”, सूचना अधिकृत खनालले भन्ुनभयो “ज्यान गुमाउनेको सङ्ख्या पहिलो लहरमा एक जना मात्रै रहेकोमा दोश्रो लहरमा जिल्लाभित्र १६ थपिएका छन् ।”

जिल्लामा सक्रिय सङ्क्रमितमध्ये विदूर नगरपालिकामा मात्रै ३२२ जना छन् । बेलकोटगढी नगरपालिकामा ९१, ककनी गाउँपालिकामा ५२, सूर्यगढीमा ६६, लिखुमा ६१, शिवपुरीमा ८६, पञ्चकन्यामा १६, दुप्चेश्वरमा २१ जना छन् । यस्तै, तादीमा ६०, किस्पाङमा ९०, म्यागङमा २६ र तारकेश्रमा १२१ जना छन् ।

श्वासप्रश्वासमा समस्या देखिएका ५९ जनालाई त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा र ३७ जनालाई स्थानीयतहले बनाएको आइसोलेशन केन्द्रमा चिकित्सक एवम् स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

अवस्था सामान्य भएका ९१६ जनालाई घरको एकान्तबाँस (होम आइसोलेसन)मा राखिएको छ । सङ्क्रमितलाई राख्न त्रिशूली अस्पतालमा ८० शय्या र स्थानीयतहले १८७ शय्याको आइसोलेशन केन्द्र बनाएका छन् ।

हालसम्म जिल्लाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई हजार ७६१ जना पुगेकोमा त्यसमध्ये एक हजार ७३२ जना निको भएर समुदायमा फर्किएका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटले जिल्ला भित्रै कोरोना पहिचान भएका र ज्यान गुमाएका व्यक्तिको मात्रै तथ्याङ्क राख्ने भएकाले रोगको पहिचान, उपचार र सोही क्रममा जिल्लाभित्र देखिएका सरह जिल्ला बाहिर विशेष गरेर काठमाडौँ उपत्यकामा रहेको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी