१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नापतौलका पूर्वाञ्चल प्रमुख ५ घण्टा स्थानीयको नियन्त्रणमा

१३ फाल्गुन २०७२, बिहीबार ०४:३७

nap taul bibhagगौरव पोखरेल/फागुन १३, झापा । झापाको कन्काई
नगरपालिकामा रहेका दुई पेट्रोल पम्प शिलबन्दी गरिएपछि अनुगमनका लागि आएका नापतौल विभागका कर्मचारीलाई
स्थानीयले करिब ५ घण्टा नियन्त्रणमा लिएर छाडेका छन् ।

बुधबार
दिउँसो २ बजे नापतौल गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत मनिषकुमार दास नविकरण र
पुनः चेकजाँचका लागि आएका वखत स्थानीयले उनलाई नियन्त्रणमा लिएका हुन् ।

कन्काई-३, सुरुङ्गामा रहेको मातृ आयल पम्प र कन्काई-१ मा रहेको पवित्रा आयल पम्पमा आइतबार र
सोमबार क्रमशः शिलबन्दी गरिएको थियो ।अनुगमनका क्रममा मापदण्ड अनुसार नपाइएपछि बिभागले यी दुई पम्पमा
शिलबन्दी गरेको थियो ।

यस क्षेत्रमा डिजेल र पेट्रोलको वितरणलाई
नै प्रभावित बनाउँदै दुई वटै पम्पमा शिलबन्दी भएपछि स्थानीयले शिलबन्दी खोलेर विक्री वितरण सहज बनाइदिन
अधिकृत दाससँग अनुरोध गरेका थिए । त्यसै क्रममा, दासले स्थानीयको आग्रहलाई वेवास्ता गर्दै आफ्नो अडानबाट
पछि नहटेपछि तनावको स्थिति सिर्जना भएको थियो ।

स्थानीयले
बुधबार नै पम्पको शिलबन्दी खोली समस्या समाधान गर्नु पर्ने अडान लिएका थिए भने अधिकृतले नियम अनुसार ७
दिनपछि मात्र शिलबन्दी खोलिने बताएका थिए ।

मातृ आयलका सञ्चालक
प्रेमप्रसाद दाहालले भने विभागका कर्मचारीले आफूले पम्पको चेकजाँचका लागि एक महिना अघि नै जानकारी दिए
पनि कर्मचारी नआएको सुनाए । आफूलाई मापदण्डमा नुपुगेको भनि सिलबन्दी गर्नु अघि नदेखाइएको समेत उनको दाबी
छ ।

सुरुङ्गा बजार क्षेत्रमा तनाव भएपछि स्थितिलाई सामान्य
बनाउन स्थानीय प्रशासन, वाणिज्य संघ, राजनीतिक दल, युवा बुद्धिजीवि, सञ्चारकर्मी लगायतले सहजिकरण गरेका
थिए ।

लामो छलफल निष्कर्षमा पुग्न नसकेपछि बिहीबार पुनः ईलाका
प्रहरी कार्यालय, सुरुङ्गामा छलफल गर्ने निर्णय भएको छ । समस्या समाधान नगरी प्रहरीले आफ्नो सुरक्षा
घेरामा अधिकृत दासलाई अन्यत्र लागेपछि स्थानीयले नारावाजी गरेका थिए ।

कन्काई नगर क्षेत्रका यी दुई पम्पमा गरिएको शिलबन्दीलाई तोड्नु पर्ने स्थानीयको माग रहेको छ
भने विधि पुगेपछि मात्र शिलबन्दी खोल्ने अडानमा विभाग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता