२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पञ्चेश्वरमा बाढी, एक दर्जन घरमा क्षति

२७ जेष्ठ २०७८, बिहीबार ०८:२७

जेठ २७, बैतडी | पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले यहाँका एक दर्जन घरमा क्षति पुगेको छ । गए रातिदेखिको भारी वर्षाका कारण आज बिहान आएको बाढीले घरमा क्षति पुर्याएको हो ।

बस्खेत खोलामा आएको बाढीले अड्तोला र बैतागाउँमा रहेका एक दर्जन बढी घरमा क्षति पुर्याएको स्थानीयवासी भोजराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खोलाको बाढीले यहाँका एक दर्जन बढी घरमा क्षति पुगेको छ, माथि डोजरले खनेको सडकको माटो बगेर बस्ती पसेको हो, अहिले पनि बस्ती जोखिममा रहेको छ ।”

बाढीले मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका छन् । यस्तै हरिराम लुहारको घर जोखिममा छ भने शङ्कर भण्डारीको शौचालय बगाएको छ । अविरल वर्षाका कारण सडकको माटोसहितको बाढी गाउँ पस्दा स्थानीयवासी गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी, रमेश लुहार, शिवराम लुहारलगायतका १० भन्दा बढी घर उच्च जोखिममा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले प्रहरी टोली घटनास्थलतर्फ गएको र टोली घटनास्थल पुगेपछि मात्रै क्षति पूर्ण विवरण प्राप्त हुने बताउनुभयो ।  उहाँले भन्नुभयो, “बाढी बस्ती पसेको भन्ने खबर छ, मानवीय क्षति भएको छैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य