गौरव पोखरेल/फागुन १६, झापा । झापामा एक युवकलाई आफ्नै साथीहरुले छुरा प्रहार गरी हत्या
गरेका छन् । दक्षिणी गाविस पृथ्विनगर–६ का १७ वर्षीय राजन मगरको हत्या भएको हो ।
शनिबार सामान्य
विवादमा छुरा प्रहार गर्दा अन्य दुई घाइते भएका छन् । सोही ठाउँका सञ्जय लिम्बू र सञ्जय उराउ गम्भीर
घाइते भएका हुन् । मगरको उपचारको क्रममा ओमसाई पाथीभरा अस्पतालमा मृत्यु भएको हो भने लिम्बूको ओमसाईं
पाथिभरा अस्पताल, भद्रपुरको आइसीयू कक्षमा उपचार भइरहेको छ ।
त्यस्तै, अर्का घाइते मगरको त्यहाँ
उपचार सम्भव नभएपछि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ
।
स्थानीय कृष्ण सुब्बाको चिया बगानको टहरामा सुतेका उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ
।
घट्नाको आरोपमा स्थानीय कालु भनिने सञ्जोग लिम्बू पक्राउ परेका छन् । घट्नामा संलग्न अन्य भने
भागेकाले खोजी र अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीरमाः घाइते सञ्ज लिम्बू ।