२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिराको उच्च जोखिममा

२०७८, ३ असार बिहीबार १६:०२

असार ३, बाजुरा (रासस) । लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिराको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाइएको थियो । त्यहाँ बसोबास गरिरहेका हजारौ परिवारलाई अन्य ठाँउमा सारिनुपर्ने माग उठेको छ ।

बाढी पहिरोका उच्च जोखिमा रहेका मध्य खप्तड छेडेदह गाँउपालिकामा १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेका छन् । गाँउपालिका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् । 

त्यस्तै त्रिवेणी नगरपालिकामा १३ गाँउका ९ सय ७१ परिवार उच्च जोखिममा रहेको ति परिवारलाई अन्यत्र सारिनु पर्ने प्रतिकार्य योजनामा उल्लेख छ । नगरपालिकाको वडा नं १ मा रहेको विशाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोट २ सय ७२ घरधुरी , वडा नं ४ को पीपलसैन राउतेलाका १ सय ५७ घरधुरी वडा ५ को किम्नी २ सय १७ घरधुरी लगायत परिवार जोखिममा रहेका छन् । भने बुढीगंगा नगरपालिकामा २५ गाँउका ६ सय २५ परिवार उच्च जोखिममा रहेको जिल्ला प्रशासनसंग तथ्याङ्क रहेको छ ।

त्यस्तै पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकाका १० गाँउ जोखिममा छन् । नगरपालिकाको पिपलडाली, साउने गाँउ, दैयाँ, मटेला, पारतोला, जङ्साल, रावतवाडा, कोल्टी बजार, घोडाकोट, भुलेना, सिराडी, नौलाकोटको गाँउ स्तान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सोही क्षेत्रमा पर्ने जगन्नाथ गाँउपालिका मुसेखोला, तल्लो हुनी र बस्केना गरि ३ गाँउ उच्च जोखिममा रहेका छन् । त्यस्तै स्वामीकार्तिक खापर गाँउपालिकामा ९ गाँउ जोखिममा रहेका छन् । बर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी, जुकु, वाइ, मिगु गाँउ जोखिममा रहेको गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले जानकारी दिनुभएको छ् । त्यस्तै हिमाली गाँउपालिका ५ वटा गाँउ जोखिममा रहेका छन् ।

यता बडिमालिका नगरपालिकाका १५ गाँउ उच्च जोखिममा रहेका छन् । वडा नं ४ को तिपाडा, वलेना, जडाङ्गा, वडा नं ८ को रापक, बाउली गडखेत, २ को घागर, भौनेरा र मैमातोला ७ को चुथी जोखिममा रहेका छन्, । त्यस्तै जिल्ली, सिराडी, बथानलेख, वडा नं १ को सल्लेना, पाटा रहेका छन् ।

त्यस्तै जोखिममा गौमुल गाँउपालिका २१ गाँउका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले विपद् प्रतिकार्य तयारी व्यवस्थापनका लागि स्थानीय सरकार र सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो