२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

२०७८, ४ असार शुक्रबार ०३:०३

असार ४, गलकोट (रासस) । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकामसँग जोडिएका अधिकांश ग्रामीण सडक बन्द भएका छन् । जिल्लाको ताराखोला गाउँपालिकामा घर माथीबाट पहिरो खस्दा वडा नम्बर–५ स्थित भिरकुना भन्ने ठाउँका लिलाबहादुर विकको, मिठे विकको, टिकाराम विकको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको र गोठमा रहेको भैसी पुरिएको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेर परिवार विस्थापित भएका छन् ।

यस्तै, वर्षात्का कारण बागलुङ नगरपालिका–४ स्थित नन्दलाल पौडेलको घर भत्केको, सोही स्थानका प्रदीप शेरचनको दुई तले पक्की घर पहिरोको कारण घर उच्च जोखिममा परेको छ । माया जिसीको इटाले बनेको एक तले कच्ची घर पहिरोको कारण घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका १३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घर वरीपरी पहिरो खसेपछि घर उच्च जोखिममा परेको, बरेङ गाउँपालिका–१ भ्युडाडा बस्ने विशाल बिकको घर जोखिममा रहेकाले विस्थापित भएका छन् ।

गलकोट नगरपालिका–४ चमुवास्थित चन्द्रकला क्षेत्रीको घर पछाडीबाट पहिरो खस्दा ढुङ्गा माटोले बनेको ढुङ्गाको छानो भएको दुई तले कच्ची घर उच्च जोखिम परी विस्थापित हुनुभएको र सोही स्थानको डाँडाखेतमा देवबहादुर खत्रीको घर अघीबाट पहिरो खस्दा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको हवारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर