2026-07-25 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग

असार ४, काठमाडौं (रासस)। नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास चुल्हो र खाद्यान्न हस्तान्तरण गर्नुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उक्त सामग्री प्रभावितलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रका सयौँ घरमा क्षति पुर्याएको छ । बाढीबाट सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका छन् । निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समस्यामा परेका नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक