२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरा : बजारभित्र डोजर प्रयोग गरेर सडक खन्दा दर्जनौं घर जोखिममा

२०७८, ६ असार आईतवार १६:००

गंगराज पण्डित, असार ६, बाजुरा (रासस) । बजारभित्र जताततै डोजर प्रयोग गरेर सडक खन्दा बाजुराको सदरमुकाम मार्तडीको केही बस्ती पहिरोको उच्च जोखिमा रहेका छन् । वातावरणीय प्रभाव मुल्याङ्कन तथा योजना बिना विकासका नाममा बस्तीलाई नै जोखिममा राखेर डोजरले सडक खन्दा बस्ती नै जोखिममा परेका छन् । 

बस्तीको बीचमा बिना कुनै स्टमेट, मनोमानी तरिकाले बजारभित्र डोजर लगाएर सडक खन्दा दर्जनौं घरहरु पहिरोको जोखिममा रहेका स्थानीयबासीले बताएका छन । एक हप्तादेखि लगातारको वर्षाका कारण सडकको माथिबाट आएको पहिरोले बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टलगायत धेरैको घर पहिरोको जोखिममा परेको छ ।

शनिबार राति सडक माथिबाट आएको पहिरो घरको दोस्रो र तेस्रो तलाको झ्यालबाट भित्र पसेको छ । आइतबार बिहान नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीले घर भित्रको सामान उद्धार गरेका छन् । त्यो क्षेत्रमा रहेको १५ परिवार भन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

पहिरोले त्रिवेणी साना जलविद्युतको नहर पुरिदा राति देखि नै सदरमुकामलगायत आसपास क्षेत्रको विद्युत्त सेवा पूर्ण रुपमा बन्द भएको छ । थापाबाडा चैडील हुँदै खुला मञ्चको लागि खनिएको सडक बिना प्राबिधिक रुपमा गाउँको बिचमा डोजरले खन्दा सडक माथि र तलका दर्जनौ बस्ति जोखिममा परेका छन् । बालमन्दिर आधारभूत विद्यालय पनि पहिरोको जोखिममा रहेको छ ।

भिरालो जमिनमा मनोमानी तरिकाले डोजर मार्फत सडक खन्दा सकडको माथिबाट पहिरो आएपछि बस्ती जोखिममा परेको स्थानियबासी सन्तोष सिंहले बताउनुभयो । निर्माणाधीन बसपार्कको वालमा लगाएको तार जालीे बसपार्कमा पुरेको माटोलाई थेग्न नसकेपछि पल्टिएर मूनीको बस्तिनै जोखिममा रहेको बडिमालिका नगरपालिका ९ का स्थानीयबासी चन्द्र थापाले बताउनुभयो ।

बडिमालिकामा छ परिवार जोखिममा 

लगातारको वर्षाका कारण बाजुराको बडिमालिका–२ माझीगाउँको दलित बस्तीका ६ परिवार पहिरोका कारण उच्च जोखिममा परेका छन् । कमल नेपाली, जया दमाइ, जंग नेपाली लगाएत ६ दलित परिवार तलबाट पहिरो गएपछि पहिराको उच्च जोखिममा रहेहो वडाध्यक्ष डम्बर महतले जानकारी दिनुभएको छ । बस्ती तल बुढीगंगा नदीले लगातार कटान गरिरहेको र बस्ती विस्तारै बस्न लागेको छ । अघिल्लो साउन २५ गते आएको बुढीगंगाको बाढीले तीब्र कटान गरका कारण यस वर्ष पनि कटान पुनः शुरु भइसकेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर