२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

२०७८, १० असार बिहीबार १३:३३

असार १०, काठमाडौँ (रासस) ।  प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय/निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युजपोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टल इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी, कालोसूचीमा राखेको हो । 

इहिमालयटाइम्स डटकमलाई नियमानुसार दर्ता÷सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका प्रवक्रा दीपक खनालले जानकारी दिनुभयो ।

त्यसैगरी २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म ४५० वटा स्वअनुगमन भएका छन् । पछिल्लो १५ दिनको अवधिमा १३ वटा स्वअनुगमन भएका छन् । जसमध्ये ८ न्यूजपोर्टललाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र १ सञ्चार विज्ञलाई ध्यानाकर्षण गराइएको छ । 

त्यस्तै २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म कुल १७२ उजुरी दर्ता भएकोमा १२८ उजुरी फछ्र्यौट भइसकेका छन् ।  यसैगरी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ (पहिलो संशोधन, २०७४) मा दर्ता नभइ अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न नपाइने व्यवस्था रहेकोमा प्रेस काउन्सिल नेपालले २०७६ मङ्सिरदेखि यस्ता पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई लेखी पठाएपछि प्राधिकरणबाट नेपालभित्र सम्प्रेषण नहुने व्यवस्था हुँदै आएको प्रवक्ता खनालको भनाइ छ । 

विसं २०७७ को साउनदेखि २०७८ असार ९ गतेसम्म नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएका वेबपोर्टलको सङ्ख्या १५९ रहेको छ भने पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ । काउन्सिलले सम्पूर्ण पत्रकार÷सञ्चारकर्मीलाई पत्रकार आचारसंहिताको पूर्णपालना गर्न काउन्सिल फेरि पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल