2026-09-12 10:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता

असार १२, तुलसीपर (रासस) । दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन ।

घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ ।

आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ । प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही–तुलसीपुर सडकखण्ड ठप्प छ ।

पत्रेखोला, सेवार र हापुर खोलामा पानीको बहाब बढेपछि साना तथा ठूला कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । 

आइपुग्यो टरिगाउँ विमानस्थलमा तेल भण्डारण ट््याङ्की

यहाँस्थित टरिगाउँ विमान स्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट््याङ्की तथा आवश्य उपकरण आइपुगेको छ  ।एकमहिना अगाडि भारतको मुम्बईबाट नेपालगञ्जस्थित  भन्सार कार्यालयमा ती सामग्री ल्याइ राखिएको थियो । विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट््याङ्की तथा आवश्य उपकरण आज आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अब जहाजमा इन्धन भर्न बाउजर सहितका उपकरण ल्याउन आवश्यक छ । 

विमान स्थलमा इन्धन  डिपो नहुँदा यहाँ आउने जहाजलाई नेपालगञ्ज गएर तेल भर्नु पर्ने समस्या रहेको छ । त्ुालसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयको विशेष पहलमा  लामोसमयदेखि अबरुद्ध भएको हवाई  सेवा सञ्चालन आएको छ ।  साथै विमान स्थलमा यात्रुको सुविधाकालागि नयाँ टर्मिनल भवन लगाएतका संरचनाहरु निर्माण सम्पन्न पनि भएका छन् ।

सो विमान स्थलबाट हाल नेपाल बायुसेवा निगमल दैनिक दुई उडान भर्दै  आएको छ । हाल कोरोना भाइसर रोकथाम तथा नियन्त्रणकलागि जारी गरिएको निषेधाज्ञाका कारण हवाई सेवा रोकिएको छ । सरकारले यही असार १७ गतेदेखि जनस्वास्थ्यका आवश्यक मापदण्ड कायम गर्दै आन्तरिक उडान सञ्चालनमा ल्याउने जनाएको छ । ––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस