२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रपति र प्रधानमन्त्रीमा खोट’

२०७८, १४ असार सोमबार ०२:३६

असार १४, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा बहसमा सहभागी रिट निवेदकतर्फका कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीमा खोट देखाउँदै विघटन बदरको माग गरेका छन्।

वैकल्पिक सरकारका लागि बहुमत सांसदको हस्ताक्षर हुँदाहुँदै पनि राष्ट्रपतिको बदनियतका कारण शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा दोस्रोपटक विघटन गरिएको उनीहरूको जिकिर छ। उनीहरूले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका छन्।

रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायी संविधानको धारा ७६ को व्याख्यामा केन्द्रित भएका छन्। संविधानको धारा ७६ (५) दलको नभई बहुमत सांसदको समर्थनमा सरकार बनाउन पाउने व्यवस्था भएकाले १४९ जनाको हस्ताक्षरलाई राष्ट्रपतिले मान्यता नदिर्नु गैरसंवैधानिक भएको उनीहरूको तर्क छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आइतबार बहस गर्ने कानुन व्यवसायीले विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन माग गरे। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले विश्वमा संसदीय प्रणाली भएका देशमा संसद्बाटै सरकार जन्मनसक्ने बेलासम्म विघटन गर्न नपाउने व्यवस्था भएको बताए। 

विश्वका ६६ मुलुकमा संसदीय शासन पद्धति रहेकोमा तीमध्ये ३९ देशमा एकात्मक र नेपालसमेत २७ मुलुकमा संघीय शासन पद्धति रहेको तथ्यांक उनले प्रस्तुत गरे।

‘संसदीय शासन प्रणाली भएका देशको अध्ययन गर्दा सन् १९९० पछि सबै मुलुकमा संसद्बाट सरकार जन्मिने सम्भावना हुँदासम्म विघटन गर्न नपाउने व्यवस्था छ’, उनले भने, ‘कुनै पनि प्रधानमन्त्रीले निसर्त संसद् विघटन गर्न नपाउने व्यवस्था छ।’

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ