२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौपछि संक्रमण फेरि ह्वात्तै बढ्न सक्ने

२०७८, १८ असार शुक्रबार ०२:००

असार १८, काठमाडौं । गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला दुई दिनमा त यो २६ प्रतिशतमा उक्लेको छ।

पर्याप्त परीक्षण र खोप अभावसँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्दा महामारी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। यो सातादेखि राजधानीमा गरिएको आंशिक खुलापनले संक्रमण झन् बढ्न सक्ने विज्ञहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआरमार्फत ७ हजार १ सय ३० जनामा भाइरस परीक्षण भएकोमा २६ प्रतिशतमा संक्रमण देखिएको छ। बुधबार पनि संक्रमण दर २६ प्रतिशत नै थियो।

चिकित्सकका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुन सक्ने भएकाले समुदायले समयमै परीक्षण गर्नुपर्छ। तर त्यसो हुन सकेको छैन। टेकु अस्पतालको निर्देशकबाट हालै सेवानिवृत्त सागर राजभण्डारी घरपरिवारका सबै सदस्य संक्रमित हुँदा समेत परीक्षण नभएको देखिएको बताउँछन्। ‘संक्रमण भित्रभित्रै गुम्सिएको छ र त्यही कारणले यो घट्न नसकेको हो,’ उनी भन्छन्।  

‘हामीले परीक्षणको दायरा बढाउन सकेका छैनौं। कन्ट्याक्ट ट्रेसिङ अत्यन्त कमजोर छ। स्थानीय तहको भूमिका कन्ट्याक्ट ट्रेसिङमा अपेक्षित देखिएन,’ उनी भन्छन्। पछिल्ला दिनमा प्रदेश १, वाग्मती र गण्डकीमा संक्रमण अन्यत्रको भन्दा बढी देखिएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी संक्रमण व्यापक रूपमा फैलिएकाले घट्न समय लागेको तर्क गर्छन्। ‘हामीले वैशाखको मध्यभन्दा चैतको मध्यदेखि निषेधाज्ञा जारी गरेको भए संक्रमण धेरै तल झर्न सक्थ्यो तर ढिलो हुँदा यसले व्यापक रूपमा फैलिने मौका पायो,’ उनी तर्क गर्छन्। देशका विभिन्न स्थानमा बाढीपहिरो आएकाले प्राकृतिक कारणले मानिसको आवतजावत कम हुने हुँदा तत्काल संक्रमण ह्वात्तै नबढे पनि भदौपछि यो फेरि बढ्न सक्ने उनी बताउँछन्।  

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ