२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने निर्माणाधीन पुल भासियो

१८ असार २०७८, शुक्रबार ०८:४९

असार १८, सर्लाही | लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधीन रहेको पक्की पुल भासिएको छ । लालबन्दी–३ र ईश्वरपुर–८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल सामान्य पानी पर्दै भासिएको हो ।  

सङ्घीय सरकारको रु १२ करोडको लागतमा आर्थिक वर्ष २०७५/७६ बाट निर्माण शुरु गरिएको पक्की पुल ढलानको काम सकिएको थियो । ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा आएको सामान्य पानीका कारण पुल भासिएको छ । रु १२ करोडको लागतमा निर्माण शुरु गरिएको पुलको लम्बाइ करीब २०० मिटर रहेको ठेकेदार मनोजकुमार साहले बताउनुभयो । उहाँका अनुसार कूल लम्बाइ २०० मिटर रहेकामध्ये ४० मिटर भासिएको हो । पप्पु एन्ड शिवशङ्कर (जेभी)ले आव २०७५/७६ बाट निर्माण शुरु गरी चालु आवमा निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का लिएको थियो ।

पुल निर्माणको करीब ८० प्रतिशत काम सकिएको र बाँकी काम यही महिनाभित्रमा सकाउने तयारीमा रहेको ठेकेदार कम्पनीे करीब ४० मिटर पुल भासिँदा करीब रु दुई करोड घाटा लागेको बताएको छ । सो पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको थियो । वर्षाको मौसम र बालुवामाथि फर्मा राखिएका कारण पुल पनि भासिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट