२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप २ हजार ९३६ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

२०७८, १ श्रावण शुक्रबार ११:५०

साउन १, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७७५ जना निको भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । तीमध्ये ९ हजार ५०६ जनाको मृत्यु भएको छ भने ६ लाख २८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइलेसनमा रहेका छन् । यस्तै २ हजार ५५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५७८ जनाको आईसीयू र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा २१८, लुम्बिनीमा १०३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ५४१ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३४३, ललितपुरका १३६ र भक्तपुरका ६२ जना संक्रमित छन् । यस्तै सुनसरीमा २८४, मोरङमा २४६, झापामा १५१, चितवनमा ५७ र कैलालीमा ५१ जनामा संक्रमण देखिएको छ । मकवानपुरमा ४९, रुपन्देहीमा ४४, नवलपरासी पूर्वमा ४०, नुवाकोट र सुर्खेतमा ३५/३५, कञ्चनपुरमा २७ र उदयपुरमा २१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ