साउन ३०, जाजरकोट । अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो । 

बाँदरले मकै खाएर हैरान पारेपछि शनिबार घर नज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, जाजरकोट । अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो । 

बाँदरले मकै खाएर हैरान पारेपछि शनिबार घर नज"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा अरिङ्गालले टोक्दा दुई बालबालिकाकको मृत्यु

३० श्रावण २०७३, आईतवार १०:४४

साउन ३०, जाजरकोट । अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो । 

बाँदरले मकै खाएर हैरान पारेपछि शनिबार घर नजिकै बाँदर हेर्न गएका बालबालिकालाई एक्कासि अरिङ्गालले टोक्दा घाइते भएका उनीहरुको उपचारको अभावमा आइतबार बिहान मृत्यु भएको हो । “नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचार गर्न सकिएन, घरेलु उपचार ग¥यौं तर बचाउन सकिएन,” बालकका बाबु नरोजले भने । 

बाँदरले अरिङ्गालको गोलो चलाइदिएपछि उनीहरुलाई टोकेको हुनसक्ने स्थानीय लालबहादुर पुनले बताए । कलावतीकी अर्की सात वर्षीय छोरी कविता पुन गम्भीर घाइते भएकी छन् । 

घरमा कोही नभएका कारण कविताले भाइबहिनीलाई सँगै लिएर बाँदर हेर्न गएकी थिइन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै छ । 

जिल्लाका ग्रामीण भेगमा मकैको सुरक्षाका लागि बाँदर हेर्न बच्चाबच्चीलाई पठाउने प्रचलन रही आएको छ । मृतक बालबालिका दिदी भाइका छोराछोरी हुन् । 

यसैगरी, बैतडीको पाटनमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्य हुनेमा बासुलिङ्ग– १ ग्वानीकी ३२ वर्षीया डम्मरा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला