२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा थप ३९ हजार नयाँ सङ्क्रमित थपिए

२०७८, ९ श्रावण शनिबार ०८:२०

साउन ९,  (रासस/एएनआई)  । भारतमा कोरोनाभाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन् ।  योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको अधिकारीहरुले जनाएका छन् । 

कुल सङ्क्रमित मध्ये अहिले चार लाख आठ हजार ९७७ जना सङ्क्रमित अवस्थामै रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १.३१ प्रतिशत भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार लाख २० हजार १६ जनाको मृत्यु भएको छ । ती मध्ये ५४६ जना पछिल्लो एक दिनमा थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा कुल ३५ हजार ८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या कम देखिएकाले अघिल्लो दिनको तुलनामा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या बढेको छ । 

भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड पाँच लाख तीन हजार १६६ पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा ४४.४५ करोड स्वाब परीक्षण गरिएको छ भने ४२ लाख ७८ हजारभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस