२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर कारागार : राति सुत्न पालो कुर्नुपर्ने !

११ श्रावण २०७८, सोमबार ०८:२६

राजेन्द्रप्रसाद पनेरु । साउन ११, कञ्चनपुर (रासस)। कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष  र २० महिला  कैदी  राख्ने क्षमता छ । अहिले कारागारमा  २२ महिला  र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । 

राति सुत्नका लागिसमेत कैदीले पालो मिलाउँदै आएका छन् । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीले अनिदो मै रात काट्नुपर्ने अवस्था  छ ।  कारागारभित्र रहेका भवनमा छ  शौचालय र आठ  बस्ने कोठा छन् । शौचालय जानका लागि लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु पर्ने अवस्था रहेको उनीहरुको भनाइ छ । 

कैदीको सङ्ख्या अधिक हँुदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको जेलर मायाकुमारी बस्नेत थापाले जानकारीदिनुभयो । “कारागारको क्षमता भन्दा कैदीको सङ्ख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ” उहाँले भन्नुभयो, “सबै भवन पुराना छन् । वर्षातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीलाई राख्नु परेको छ ।” 

 वर्षौ पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म सुनवाइ हुन नसकेको जेलर थापाले जानकारी दिनुभयो ।

“कोरोनाको सङ्क्रमण बढ्ने खतरा छ” उहाँले भन्नुभयो, “सङ्ख्या अधिक भएकै कारण स्वास्थ्यका मापदण्ड पूर्ण रुपमापालना गर्न सकिएको छैन ।” जोखिम  भए पनि कैदीबन्दी कर्मचारी र सुरक्षाकर्मीमा भने अहिले सङ्क्रमण देखिएको छैन । कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी,, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

कारागारमा सबै भन्दा बढी लागुऔषध मुद्दाका कैदी अधिक  छन् । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे कारागारको अवस्था दयनीय रहेकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको जानकारी दिनुभयो । “तत्कालै कारागारमा रहेका कैदीलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ” उहाँले भन्नुभयो, “त्यो समेत हुनसकेको छैन । सम्बन्धित ठाउँमा अवस्थाबारे जानकारी दिने हो । यसबाहेक यहाँबाट केही गर्न सकिदैन ।”

उहाँले प्रदेशको सामाजिक विकास र आन्तरिक मामिला मन्त्रालयलाई नयाँ भवनका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य