२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिप कर्णाली नदीमा खस्दा दुई जना वेपत्ता

२०७८, १५ श्रावण शुक्रबार १३:४०

साउन १५, सुदूरपश्चिम (रासस) । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाको चिसापानी—सोल्टा सडकको बाँका सडक खण्डवाट आज जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार दुई जना नदीमा बेपत्ता भएका छन् । 

नम्बर नखुलेको उक्त जिपमा एकै घरमा पाँच जना सवार रहेको जनाइएको छ । जिपमा सवार रहेकामध्ये तीन बालबालिकालाई कर्णाली नदी छेउको रुख बुट्यान भएको झारीमा घाइते अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

जिप दुर्घटनामा परी बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका—३ बस्ने ४० वर्षीय चालक चन्द्रप्रकाश जोशी र उहाँकी पत्नी ३० वर्षीया रुबी रहेको बताइएको छ । उहाँका आठ वर्षीया छोरी लक्ष्मी, दुई वर्षका बालक भुवन र छ वर्षकी छोरी सावित्रीलाई नदी छेउको झारीमा फेला पारिएको छ । 

तीनै जनाको अवस्था गम्भीर रहेको छ । बालबालिकालाई लम्कीस्थित अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ । प्रहरीले बेपत्ता दुई जनाको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताउनुभयो ।

उक्त कच्ची सडकमा जिप ‘व्याक’ गर्ने क्रममा झण्डै ३०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते