२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करोडौँ कर्जा लिई फरार व्यक्तिलाई पोर्चुगलबाट झिकाइयो

२०७८, ३० श्रावण शनिबार १६:३१

साउन ३०, काठमाडौँ (रासस) । बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै रु तीन करोड कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाइ कारवाही प्रक्रिया अघि बढाइएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुङ्गानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई आज काठमाडौँ ल्याइएको र आइतबार ललितपुर जिल्ला अदालतमा बुझाइने ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । 

ललितपुर जिल्ला अदालतले विसं २०७७ पुस २० को फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते ९हालको मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुर० लगायत १० वटा मुद्दामा उनलाई १० वर्ष कैद र रु सात लाख जरिवाना हुने ठहर गरेको थियो ।

उक्त मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादीको बयानबाट ढुङ्गानाको संलग्नता रहेको खुल्न आएपश्चात् विसं २०७५ पुस ४ गते पक्राउ अनुमति लिइ खोजी शुरु गरिएको थियो । त्यसबेला उनी नेपालमा फेला नपरेको र संयुक्त अरब इमिरेट्समा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न विसं २०७५ पुस १७ गते डिफ्युजन जारी भएको र उक्त डिफ्युजन २०७८ वैशाख ३१ गते रेड कर्नर नोटिसमा रुपान्तरण भएको थियो । खोजीका क्रममा उनले पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिएको जानकारी विसं २०७७ जेठ १६ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

प्रहरीको इन्टरपोल शाखाले पोर्चुगलको ‘नेशनल सेन्ट्रल ब्युरो’सँगको समन्वयमा पोर्चुगलबाट पक्राउ गरी आज नेपाल ल्याइएको ब्युरोले जनाइएको छ । उनीसहित १२ जनाले काठमाडौँ र ललितपुरका बैंकमा सवारीसाधन सुरक्षणबापत बैंकका नाममा पास गरी सवारीसाधन कर्जास्वरुप रु दुई करोड ७१ लाख ७६ हजार रकम लिएका थिए ।

बैंकको कर्जा नबुझाएपछि लिलामी गर्ने प्रयोजनका लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारीसाधन बैंकका नाममा नरहेको जानकारी आएको थियो । 

त्यसपश्चात् प्रतिवादीले बैंकलाई हानि नोक्सानी पु¥याउने कार्य गरेको देखिन आएकाले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न उक्त ब्युरोमा २०७५ मङ्सिर २१ गते जाहेरी परेको थियो । अनुसन्धानका क्रममा ढुङ्गानासमेतले सवारी दर्ता प्रमाणपत्रसमेतका कागजात कीर्ते बनाई पेश गरेको खुल्न आएको थियो । 

उनीहरूले सरकारी छाप तथा दस्तखत कीर्ते कसुर शीर्षकमा काठमाडौँ जिल्ला अदालतमा पाँच र ललितपुर जिल्ला अदालतमा १० मुद्दा दायर भएकामा ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला गरी प्रतिवादी ढुङ्गानासमेतका कसुरमा संलग्न प्रतिवादीलाई प्रत्येक मुद्दामा एक वर्ष कैद र रु ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतमा दायर भएका लिखतसम्बन्धी कसुरमा पाँच वटा मुद्दा र उच्च अदालत, पाटनमा दायर भएका बैंकिङ कसुरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ