पढ्न करिब 1 मिनेट लाग्छ

सम्राट सिंह/साउन ३१, बझाङ । धनगढीबाट बझाङ तर्फ आइरहेको ना ५ ख २८३२ नंम्बरको सुदुरपश्चिम यातायातको बस बैतडी जिल्लाको सिद्धेश्वर गाविसको ज्याफु भन्ने ठा“उमा दुर्घटना हुदा ३ जनाको मृत्यू भएको छ भने १९ जना घाइते भएका छन ।

४५ जना यात्रु रहेको बस भिरबाट २ सय ५० मिटर जती तल खस्दा यो दुर्घटना भएको र दुर्घटनामा मृत्यू हुनेको संख्या बढन सक्ने अनुमान गरिएको छ । बैतडीको खोड्पे बाट आएको प्रहरीले १९ जना घाइतेको उद्धार गरी उपचारका लागी डडेलधुरा पठाएको छ । भने बाकीको खोजी र उद्धार कार्य जारी रहेको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन ।

खोजि तथा उद्धारको लागी बैतडीको पाटनबाट थप प्रहरीका टोली घटनास्थल तर्फ गैरहेको छ ।