2026-07-25 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

 भदौ ४, वाग्मती (रासस) । बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्कनुभएको छ ।

मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्कनुभएको हो । बयालीस महिना सरकार चलाउनुभएको थियो ।

बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका पौडेलले बिहीबार सरकारी निवास छाड्नुभएको हो । उहाँले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताउनुभयो ।

उहाँले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुभएको छ । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन हुनुभएको थियो ।

भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा

गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेश सरकारले यही भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ ।

प्रदेशमा प्रमुख पर्वका रूपमा मनाइने भएकाले प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ