साउन ३२, म्याग्दी । बेनी नगरपालिका–५ की २६ वर्षीया मिर्गौलाको रोगबाट पीडित इन्द्रा खत्रीले आफ्नो जीवनरक्षाका लागि सहयोगको याचना गर्नुभएको छ । 

विगत एक वर्षदेखि मिर्गौलाको रोगबाट पीडित खत्रीले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, म्याग्दी । बेनी नगरपालिका–५ की २६ वर्षीया मिर्गौलाको रोगबाट पीडित इन्द्रा खत्रीले आफ्नो जीवनरक्षाका लागि सहयोगको याचना गर्नुभएको छ । 

विगत एक वर्षदेखि मिर्गौलाको रोगबाट पीडित खत्रीले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्"/>

2026-09-18 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२६ वर्षीया मिर्गौलापीडित इन्द्राद्वारा सहयोगका लागि सबैलाई आग्रह

साउन ३२, म्याग्दी । बेनी नगरपालिका–५ की २६ वर्षीया मिर्गौलाको रोगबाट पीडित इन्द्रा खत्रीले आफ्नो जीवनरक्षाका लागि सहयोगको याचना गर्नुभएको छ । 

विगत एक वर्षदेखि मिर्गौलाको रोगबाट पीडित खत्रीले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गर्नुभएको हो । 

उहाँको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले इन्द्रा खत्री उपचार अभियान सञ्चालन गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी संस्थाको १९औँ अभियानका रुपमा इन्द्रा खत्री उपचार अभियानको घोषणा गरिएको हो । 

कोषका अध्यक्ष राजेश शाक्यले आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि म्याग्देलीले अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले इन्द्राको उपचारका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले इन्द्राको उपचारका लागि आवश्यक रकम सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा पीडित खत्रीले आफ्नो अवस्था नाजुक स्थितिमा पुगेको र भदौ १२ गतेपछि अस्पतालमै भर्ना भएर बस्नुपर्ने भएपनि आर्थिक अवस्था कमजोर भएकाले आफ्नो जीवन रक्षा गर्न आग्रह गर्नुभएको छ । 

खत्रीको उपचारका लागि कोषका सदस्य सन्दीप खत्रीको संयोजकत्वमा अस्ट्रेलियाबाट हरि कार्की, हरि गिरी र बेनीबाट यामबहादुर केसी सदस्य रहेको समितिसमेत गठन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई