२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनसुनी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षा

२०७८, २१ भाद्र सोमबार ०८:२७

भदौ २१, काठमाडौँ (रासस)। मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मङ्गलबार साँझसम्म पानी पर्ने छ ।  

पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । “उक्त प्रणालीको प्रभाव मङ्गलबार बेलुकासम्म कायम रहने र बुधबारदेखि मौसममा सुधार हुनेछ”, उहाँले भन्नुभयो, “स्थानीय वायुको प्रभावले राति र बिहानपख बढी वर्षा हुने गरेको छ ।”   

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

गएरातिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । काठमाडौँ उपत्यकामा १२१ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ