2026-07-24 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षाले डुबे उपत्यकाका सडक

भदौ २१, काठमाडौँ (रासस)। आइतबार रातभर वर्षा भएसँगै सोमबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भए । काठमाडौँमा सोल्टीमोड क्षेत्र, नारायणहिटी दरबारको पूर्वी क्षेत्र र अन्नपूर्ण चोकमा सडक खुलाउन लागिएको छ । 

उपत्यकामा अरु धेरै ठाउँमा जमेको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र सम्बन्धित पालिकाले खुलाइरहेका छन् । भारी वर्षाका कारण खोला बढेकाले करिडोर जलमग्न भएको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयो । सडक विभागले सडक बनाउँदा छेउमा बनाउने ‘साइड ड्रेन’ सानो हुँदा सडकमै पानी जम्मा भएको पाइन्छ । उहाँले भन्नुभयो, “त्यसलाई पानी जान सक्ने गरी बनाउँदा सडक डुब्न पाउँदैन ।”

उपत्यकामा एकै दिन मात्रै वर्षा हुँदा पनि सडक जलमग्न हुने गरेको छ । सडकमा एक दुई फिटसम्म पानी हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो हुने गरेको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पसेको छ ।

उपत्यकामा सुन्धारा, बालुवाटार, कुमारीपाटी, तीनकुनेलगायतका स्थानमा सवारीसाधन नै डुबिरहेको देख्न सकिन्छ । वाग्मती, विष्णुमती धोबीखोलालगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जम्ने गरेको छ ।

उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ । भौतिक संरचना निर्माणको जिम्मेवारीको कुन निकायको हो भनी स्पष्ट भए पनि मर्मतको जिम्मेवारी कसको हो भनी अन्र्यौल हुँदा बर्सेनि यो समस्या दोहोरिरहेको हो । ढल प्रणाली पुरानो भएको तथा पुरानो र नकुहिने वस्तु पस्दा पानी ढलमा नगएर सडकमै जम्मा हुने र त्यसले सडक पानीले भरिने गरेको छ ।

ढल जाम हुनेलगायत समस्या आउँदा केयुकेएलले नै उपकरण लगेर ढल खुलाउने काम गरिरहेको छ । त्यसबाहेक सम्बन्धित महानगरपालिका र नगरपालिकाहरुले पनि आ–आफुसँग भएका उपकरणमार्फत सडक खुलाउने गर्छन् । कतिपय स्थानमा खोलाको क्षेत्र कम छाडेर संरचना बनाउँदा पनि खोला सडक र बस्तीसम्म पुग्ने गरेको छ । 

काठमाडौँ महानगरपालिकामा भीमसेनस्थान जाने पुलमा विष्णुमति थुनिएर खोला बाहिर बगेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । सो करिडोरको निर्माण महानगरपालिकाले गरिरहेको भए पनि कल्भर्ट पुल पहिले सडक विभागले बनाएको थियो । भीमसेनस्थानमा एक फिट माथिसम्म पनि खोलाको लेदो सडक र पेटीहरुमा रहेको छ ।

 उहाँले भन्नुभयो, “महानगरपालिकाले त्यो पन्छाउन पहल गरिरहेको छ ।”ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको हो । विभागले खासगरी सङ्घीय सडकमा र स्थानीय सडकमा सम्बन्धित पालिकाहरुले ढल निर्माण गर्छन् । तीन तहका सरकार कसले ढल बनाएको छ भन्ने अर्काेलाई थाहा नहुँदा र ढलहरुबीचको जडानमा समस्या हुँदा सडक पानीले भरिने गरेको छ । 

स्थानीयवासी पनि कुन निकायलाई उजूरी गर्ने भन्नेमा अन्योलमा छन् । ललितपुर, इमाडोलका रमेश श्रेष्ठ यस क्षेत्रमा बर्षेनि पानी जम्ने गरे पनि त्यसतर्फ कसैको ध्यान नगएको बताउँनुहुन्छ । पानी पसलभित्र पस्दा धेरै क्षति हुने गरेको छ । उहाँले भन्नुभयो, “तत्काल पानी हटाउने मात्रैभन्दा दीर्घकालीन रुपमा समस्या समाधान गर्न खाँचो छ ।”

कुन सडकमा कसले ढल निर्माण गर्ने भन्ने नै स्पष्ट छैन  । सडकका विषयमा आठ मिटर वा त्योभन्दा बढी चौडा सङ्घीय सरकारले र त्यसभन्दा कम चौडाइको स्थानीय सरकारले निर्माण गर्ने जनाइएको छ । 

कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गे नभएको पालिकाले बताउँदै आएका छन् । सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएका छन् । स्थानीय तहले ढल निर्माण गरेका स्थानमा पनि मर्मतमा भने ध्यान दिएको पाइँदैन ।

ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो । पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्ने र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समस्या हुने गरेको छ । 

मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन निर्देशनालयले मुख्य नदीमा पानी प्रशोधन केन्द्र र खोला नजिकै ढल निर्माण गरिरहेको छ । मेलम्चीको पानीले ढलको समस्या अझै बढ्नसक्ने भएकाले खोला छेउमा जस्तै ढल निर्माण उपत्यकाका मुख्य र सहायक सडकमा पनि गर्न आवश्यक छ । फोहरपानीको व्यवस्थापनका लागि  निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुह्ेश्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक