साउन ३२, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही"/>
2026-07-24 11:22 PM
काठमाडौँ - KTM

भोलिदेखि क्षमताभन्दा बढी यात्रु बोके तत्काल कारवाही हुने

साउन ३२, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न सम्बद्ध निकायहरु निकायलाई निर्देशन दिएको छ ।

आज मन्त्रालयमा भएको छलफलमा यातायात व्यवस्था मन्त्री रमेश लेखकले क्षमताभन्दा अत्याधिक यात्रु बोकेर गुड्ने शहरी रुट बाहेकका क्षेत्रमा चल्ने सवारीलाई कुनैपनि बाहनामा छुट नदिन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिएका हुन् । ग्रामीण रुटमाहरु गुड्ने सवारीले क्षमताभन्दा बढी यात्रु बोक्न तुरुन्त रोक्ने मन्त्री लखेकले निर्देशन दिएका हुन् । 

क्षमताभन्दा बढी यात्रु बोकेको जिम्मेवारी सवारीधनिले लिनुपर्ने बताउँदै मन्त्री लेखकले प्रहरीले पनि धेरै यात्रु बोकेर सवारीको कागजात तुरुन्त जफत गर्नुपर्ने बताए । अटेर गर्नेहरुमाथि कडा कारवाही गर्न कुनै कानुनी व्यवस्था आवश्यक भए तत्काल ऐन परिमार्जनका लागि प्रस्ताव ल्याउन उनले यातायात व्यवस्था विभागलाई निर्देशन दिए ।

मन्त्रालयले सवारी दुर्घटना न्युनीकरणका लागि के-के गर्न सकिन्छ भन्नेबारे सुझाव दिन र सवारी तथा यातायात व्यवस्था ऐनमा थप गर्न आवश्यक देखिएका प्रावधानबारे तत्काल गृहकार्य गरेर पेश गर्न विभागका अधिकारीलाई निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक