२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि सोह्र श्राद्ध सुरु, के के गर्न हुँदैन ?

२०७८, ५ आश्विन मंगलवार ०२:५४

असोज ५, काठमाडौँ | ‘श्रद्धया इदं श्राद्धम्’ अर्थात् पितृका लागि श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो ।

आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

सोह्र श्राद्धमा पितृहरूको उद्दारका लागि घर वा तीर्थस्थलमा श्राद्ध कर्म गरी पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ ।

जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ । यसअनुसार आश्विन कृष्ण पक्ष पितृ पक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फूपुहरूलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटा मात्र पितृका लागि गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।

पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औँशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ । सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन, उनीहरूले औँशी तिथिमा श्राद्ध गर्ने मान्यता रहेको छ ।

सोह्र श्राद्धको अवधिभर घरमा तामसी भोजन, माछा–मासु वा कुनै मादक पदार्थको सेवन गर्न र मांगलिक तथा शुभकार्य गर्नसमेत बर्जित गरिएको छ । श्राद्धभन्दा एक दिन अगाडि नङ, कपाल आदि काटेर एक छाक मात्र सात्विक भोजन गर्ने गरिन्छ । यस दिनलाई बोलीचालीमा ‘एक छाकी’ पनि भन्ने गरिन्छ ।

श्राद्धका दिन तथा सोह्र श्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन (माछा–मासु, मदिरा, लसुन, प्याज) आदिको सेवन र संसर्ग गर्नुहुँदैन । त्यस्तै, मसुरोको दाल, लौका, चिचिन्डो, बैगुन, कोदो, तीते फापरलगायतका खाद्यवस्तुहरुको प्रयोगसमेत बर्जित छ ।  हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि श्राद्धका दिनमा निषेध गरिएको छ ।

श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । तुलसी, भृङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि फूलहरू भने प्रयोग गर्न सकिन्छ । तर, केत्तकी, करबीर, बकुल, कुन्दक र रातो रङका अन्य फूलहरू भने प्रयोग गर्नुहुँदैन ।

दिनको तेस्रो पहरमा पितृ पक्षमा गरिने श्राद्ध गर्नुपर्छ । कृष्ण यजुर्वेदअन्तर्गतको तैत्तिरीय संहिताअनुसार दक्षिण दिशा पितृहरूको दिशाको रूपमा व्याख्या गरिएको छ । साथै, संहिताले पितृहरूको श्राद्ध गर्दा जनैलाई अपसव्य अर्थात् दाहिने काँधमा जनै भिरेर दक्षिण दिशातर्फ फर्केर गर्न निर्देशन गरेको छ ।

शास्त्रमा तथा पुराणहरूले श्राद्धमा गंगाजल, दूध, मह, तोरीको साग, कुश, तिल आदिको महत्त्वलाई विशेष रूपमा व्याख्या गरेको पाइन्छ । तुलसीको मञ्जरीबाट पितृगण प्रशन्न रहने बताइएको छ । यसै कारण पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने प्रचलन पनि रहेको छ । तुलसीको मञ्जरी उपयोग गरेमा पितृगण गरुडमा सवार भई सिधै विष्णुलोक पुग्छन् भन्ने विश्वास छ ।

कुर्म पुराणअनुसार सोह्र श्राद्धको औँशीको दिन पितृहरू वायुको रूपमा मत्र्यलोक आउने र त्यस दिनको साँझसम्म आफ्ना कुलका वंशजहरूले श्राद्ध गरे÷नगरेको हेर्ने गर्छन् । यदि श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमै फर्कने पुराण्मा उल्लेख छ ।

पद्म पुराणले श्राद्धलाई गुप्त रूपमा गर्नुपर्ने कर्मको रूपमा व्याख्या गरेको छ । श्राद्धको प्रसाद दिने वा खुवाउने नाममा मित्रता कायम गर्नाले पनि दोष लाग्नेछ भनिएको छ ।

श्राद्ध कर्मलाई आफ्नै घरमा गर्नु उत्तम मानिन्छ । यदि घरमा श्राद्ध तर्पणादि कार्य संभव नभए नजिकैको तीर्थस्थल वा मन्दिरमा गर्नु पनि उत्तिकै उपयुक्त र फलदायी नै मानिन्छ ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । भक्तिपूर्ण श्राद्ध कर्म सकेपछि मात्र पितृऋणबाट मुक्ति पाइने विश्वास रहेको छ । पितृऋणबाट मुक्त हुन सकिएन भने हामीले गरेका पुण्यकर्महरूको कुनै अर्थ रहँदैन भनिन्छ ।

सोह्र श्राद्धमा विशेषगरी मुस्ताङको कागवेनीमा भीड लाग्ने गर्छ । साथै, काठमाडौं उपत्यकाका गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटलगायतका स्थानमा समेत श्राद्ध गर्नेको भीड लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ