भीम लामा/भदौ १, काठमाडौं । तामाङ सञ्चार समूहद्वारा २२औं तामाङ प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भीम लामा/भदौ १, काठमाडौं । तामाङ सञ्चार समूहद्वारा २२औं तामाङ प्"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तामाङ मिडिया अवार्डबाट सञ्चारकर्मी अर्जुन र दुदुमाया सम्मानित

१ भाद्र २०७३, बुधबार १२:५२


भीम लामा/भदौ १, काठमाडौं । तामाङ सञ्चार समूहद्वारा २२औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ मिडिया अवार्डबाट दुई तामाङ सञ्चारकर्मीलाई सम्मान गरेको छ । 

तामाङ समुदायको प्रर्वद्धन र उत्थानका लागि सञ्चार क्षेत्रबाट योगदान पु¥याउँदै आएका दोलखा जिल्ला अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक जिल्ला ब्यूरो सम्पादक अर्जुन पाख्रीन र कार्यक्रम निर्माता तथा प्रस्तोता शक्ति एफ्.एफ्. मकवानपुरकी दुदुमाया सिंतानलाई  नगद पच्चिस सय राशी सहित अवार्डबाट सम्मान गरिएको छ ।  

सम्मान कार्यक्रमका प्रमुख अतिथिबाट आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठान नेपालका उपाध्यक्ष चन्द्र बहादुर गुरूङले सम्मानित सञ्चारकर्मीलाई बधाई तथा शुभकामना दिदै अव आदिवासी जनजाती समुदायमा पनि सञ्चार क्षेत्रको पहुँचलाई राष्ट्रिय स्तरम पु¥याउन सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक कदम चाल्नु पर्ने बताए । 

कार्यक्रममा बोल्दै गुरूङले आफ्नो समुदायको विकास र परिवर्तनमा कलम चलाउने र योगदान पु¥याउने व्यक्ति, संस्थालाई प्रोत्साहन गर्नु पर्ने बताउँदै अगामी दिनमा प्रतिस्ठानबाट पनि यस्ता कार्यलाई निरन्तरता दिने र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै आदीवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्डु गुरूङले जनजाती पत्रकारको हक, हित र संरक्षणमा आफु सधै लाग्ने प्रतिबद्धता सहित जनजाती समुदायको कार्यक्रमलाई राष्ट्रिय रूपमै सञ्चालन गर्नु पर्ने बताए । 

वि.सं. २०५१ भदौं १ गतेका दिन रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषाको समाचार प्रसारण भएको थियो । उक्त तामाङ भाषाको समाचार प्रसारणमा पहिलो पटक रमिता तामाङले गरेकी छिन् । 

कार्यक्रमका अन्त्यमा सञ्चार समूहका अध्यक्ष जगत दोङले तामाङ सञ्चार क्षेत्रमा देखिएका चुनौतीलाई चिर्दै अबको नयाँ पिँडीका सञ्चारकर्मीले संस्थागत रूपमा विकास गर्दै तामाङ समुदायलाई सहि सूचना आदान प्रदान गर्ने र जीवनशैलीमा प्रयोग गर्नु पर्ने बताए । सथै तामाङ सञ्चार समूहलाई वृद्धि विकास गर्दै देशभरका तामाङ सञ्चारकर्मी अटाउन सक्ने वातावरण तयार गर्ने उल्लेख गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन