६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको मान्टोलामा अस्थायी प्रहरी चौकी स्थापना

१६ आश्विन २०७८, शनिबार ११:३९

असोज १६ , बैतडी , न्युज कारखाना । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ र ४ को सीमाना मान्टोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न अस्थायी प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

प्रहरी चौकीको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । उद्घाटनका लागि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रमेशबहादुर पाललगायत पुर्चौडी पुगेका थिए । जिल्लाभरी अहिले चारवटा अस्थायी प्रहरी पोष्ट रहेका छन् ।

मान्टोलामा स्थापना गरिएको प्रहरी चौकीमा प्रहरी हवल्दारको नेतृत्वमा ६ जनाको टोली खटाइएको छ । चौकीमा पछि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटाइने प्रवक्ता ओझाले बताए ।  

पुर्चौडीको मान्टोलामा अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने र ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आउने विणेश्वर माविका शिक्षक विरेन्द्र कुँवरले बताउँछन् । 

जिल्लाभरी २ वटा इलाका प्रहरी कार्यालय, २४ प्रहरी चौकी, ४ वटा अस्थायी प्रहरी चौकी  र एक सीमा प्रहरी चौकीमार्फत प्रहरीले सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस