भदौ १, काठमाडौँ । क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने दर्जनबढी सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, काठमाडौँ । क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने दर्जनबढी सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि ब"/>
२४ मंसिर २०८२, मंगलवार
काठमाडौँ - KTM

क्षमताभन्दा बढी यात्रु राख्ने दर्जनबढी सवारी साधन कारबाहीमा

१ भाद्र २०७३, बुधबार १३:१४

भदौ १, काठमाडौँ । क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने दर्जनबढी सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाइएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मङ्गलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र सरोकारवालालाई बोलाएर सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन दिनुभएको थियो । मन्त्रीको निर्देशन बमोजिम आज उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ र नुवाकोटमा ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु चढाउने एक दर्जन बढी सवारी साधनलाई कारबाहीको दायरामा ल्याएको हो । 

मन्त्री लेखकले ग्रामीण भेगमा सञ्चालन हुने सवारी साधनमा सिटमा राखिए बाहेकका यात्रुलाई ओराली सुरक्षित यात्रा गराउन सम्बन्धित सबैलाई निर्देशन दिनुभएको थियो । स्रोत र साधनका कारण विभागले सबै जिल्लामा अनुगमन गर्न नसकेको प्रवक्ता वसन्त अधिकारी बताउनुहुन्छ । 

“जिल्ला जिल्लामा विभागको कार्यालय छैन, अनुगमनका लागि सवारी तथा यातायात व्यवस्था ऐनमा व्यवस्था भएबमोजिम यातायात निरीक्षक पनि छैनन्, विभागमा अनुगमनका लागि सवारी पनि छैन”– उहाँले भन्नुभयो । 

सहरी क्षेत्रमा माइक्रो र टेम्पोमा यात्रु उभ्याएर राख्न नपाइने विभागले जनाएको छ । बसमा भने यात्रुलाई अप्ठ्यारो नपर्ने गरी उभ्याएर राख्न पाइन्छ । रुट परमिटअनुसार सवारी नचलाएको पाइएमा ट्राफिक प्रहरीले कारबाही गर्नेछ । सोमबार काभे्रपलाञ्चोकमा भएको दुर्घटनामा एकाधिकार ९सिन्डिकेट० र चालकको लापर्बाही मुख्य कारण देखिएको प्रवक्ता अधिकारीले बताउनुभयो । काठमाडौँ–जिरीको रुट परमिट लिई काभ्रेपलाञ्चोकको भित्री गाउँमा लगिनु पनि दुर्घटनाका कारण भएको विभागले जनाएको छ । 

उपत्यकामा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सात वटा सवारीलाई नियन्त्रणमा लिई कारबाहीका लागि विभागमा पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले बताउनुभयो । उपत्यकामा टाटा सुमो, माइक्रो र टेम्पोले पनि उभ्याएर यात्रा गराउँदै आएका छन् । अनुगमन नहुँदा यो क्रम बढेको यात्रु रामकुमार श्रेष्ठले गुनासो गर्नुभयो । 

“ठूला बसमा समेत दायाँबायाँ दुईतिर फर्काएर श्वास पनि फेर्न नसकिने गरी यात्रा गर्न बाध्य हुनुपर्छ, उपत्यकामै पनि एक ठाउँमा अर्को समितिको सवारी जान नपाउने गरी एकाधिकार लादिएकाले सहज यात्रा सम्भव छैन, सरकारी निकायको बेवास्ताले यातायात व्यवसायीलाई कसैले केही गर्न नसक्ने अवस्था छ”– उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो