२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाडपर्व लक्षित विशेष सुरक्षा योजना: उपत्यकामा १० मिनेटमै प्रहरी, सादा पोसाकमा प्रहरी परिचालन

२०७८, १८ आश्विन सोमबार ०३:२२

असोज १८, काठमाडौँ | महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का प्रवक्ता एसपी सुशीलसिंह राठौरले चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाएको बताएका छन् ।

काठमाडौंमा आयोजित ‘बजार अनुमगन र शान्ति सुरक्षाको अवस्था’ विषयक अन्तर्क्रियामा एसपी राठौरले चाडपर्व नजिकिँदै जाँदा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागूऔषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालाबजारीजस्ता अपराधिक घटना बढ्नसक्ने भएकाले त्यस्ता अपराधिक घटना न्यूनीकरण गर्न सुरक्षा व्यवस्था चुस्त बनाएको जिकिर गरे ।

‘चाडपर्वको बेला थप ४ हजार ५०० जना प्रहरी परिचालन गरिएको छ । मोबाइल र एसएमएसको प्रयोग गरिएको छ, सादा पोसाकमा प्रहरी खटाइएको छ । गस्ती बढाइएको छ, हेल्प डेस्क राखिएको छ भने मापसे चेकिङ्गलाई तीव्रता दिइएको छ, आशा छ हाम्रो प्रयासका कारण शान्ति सुरक्षामा अमन चयन हुनेछ,’ उनले भने ।

उनले अपराधिक घटना घट्नेबित्तिकै उपत्यकाका जुनसुकै स्थानमा १० मिनेटमा प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको बताए । ‘सर्वसाधारण समस्यामा पर्नुभयो भने नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्नुहोस्,’ उनले सुझाए ।

एसपी राठौरले यात्रामा महिला तथा बालबालिकालाई यौनहिंसा लगायतका दुव्र्यवहारबाट जोगाउन सुरक्षा व्यवस्था मिलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ