२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनगणना: नेपालमा महिलाको जनसंख्या अझ बढ्ने आँकलन

२०७८, २१ आश्विन बिहीबार ०३:४२

असोज २१, जनकपुरधाम | नेपालमा महिलाको जनसंख्या अझ बढ्नसक्ने आँकलन गरिएको छ ।  २०६८ को जनगणना अनुसार मुलुकमा महिलाको जनसंख्या ५१ प्रतिशत छ । 

तर,  जन्मदर पुरुषभन्दा महिलाको बढी रहेको र वैदेशिक रोजगारीमा जानेमा पनि पुरुषको जनसंख्या बढी रहेकाले राष्ट्रिय जनगणना २०७८ मा महिलाको जनसंख्या अझ बढ्न सक्न आँकलन केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

जनकपुरधाममा आयोजित 'जनगणनासम्बन्धी मिडिया सचेतना कार्यशाला गोष्ठी'मा केन्द्रीय तथ्यांक विभागका निर्देशक केशव गौतमले 'यस पटकको जनगणनामा पनि पुरुषभन्दा महिलाको जनसंख्या  बढी हुनेसक्ने आँकलन'रहेको बताए । 

रोजगारीसहित अन्य कारणले मुलुक बाहिर गएकाहरुको गणना पनि हुन्छ । मुलुक बाहिर गएकामध्ये केहीको तथ्यांक छुट्नसक्न जोखिम पनि रहन्छ । 

पुरुषभन्दा महिलाको आयु बढी रहेकाले पनि महिलाको जनसंख्या बढी हुने गरेको उनको भनाइ छ ।

२०६८ को जनगणना अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय छ।  तर यो जनसंख्या बढेर ३ करोड ८ लाख पुगेको विभागको तथ्यांक छ । यसबारे यकीन तथ्यांक जनगणनाबाट आउनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ