२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दशैँ मनाउन भारतबाट खसी-बोका तस्करी

२०७८, २२ आश्विन शुक्रबार ०४:२६

असोज २२ , काठमाडौँ । नेपालीहरूको महान् पर्व दशैँका बेला दार्चुलामा भारतीय सीमाबाट खसी-बोका तस्करी हुने गरेको पाइएको छ । भारतसँग महाकाली नदीले सीमा छुट्याएको सुदूरपश्चिमको दार्चुलामा सीमा नदी महाकाली तस्करहरूका लागि खसी-बोका तार्ने स्थान बनेको छ । 

दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नगरपालिका- १ सल्लेबगरमा महाकाली नदीबाट भेडा तार्ने क्रममा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले बताए ।

दशैँमा बलिका लागि भारतबाट ल्याउन लागिका नौवटा भेडाहरू सीमा पुलबाट ल्याउन नपाइने भएपछि नदीबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

राति महाकाली नदीबाट भेडा तस्करी भइरहेको खबर पाएपछि प्रहरी निरीक्षक विश्वकर्मा नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । राति नौवटै भेडाको सिङ बाँधेर तार्न खोज्दा पानीमा डुबेर भेडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भेडा तार्ने कार्यमा संलनलाई नियन्त्रणमा दिएर सोधपुछपछि छाडिएको उनले बताए । मरेका भेडालाई सरोकारवालाको रोहवरमा गाडिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ