भदौ २, भोजपुर । स्वदेश तथा विदेशमा खुकुरीका लागि प्रख्यात मानिएको भोजपुरे खुकुरीको उत्पादन दिनप्रतिदिन सङ्कटमा पर्दै गएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, भोजपुर । स्वदेश तथा विदेशमा खुकुरीका लागि प्रख्यात मानिएको भोजपुरे खुकुरीको उत्पादन दिनप्रतिदिन सङ्कटमा पर्दै गएको छ ।"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

कालीगढ अभावले भोजपुरे खुकुरी सङ्कटमा

२ भाद्र २०७३, बिहीबार ०४:१२

भदौ २, भोजपुर । स्वदेश तथा विदेशमा खुकुरीका लागि प्रख्यात मानिएको भोजपुरे खुकुरीको उत्पादन दिनप्रतिदिन सङ्कटमा पर्दै गएको छ । 

दक्ष कालीगढ तथा कोइला अभावले यो व्यवसाय सङ्कटमा परेको व्यवसायीको भनाइ छ । भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडा लगायतका खुकुरी निर्माण हुने यहाँको भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म भएपनि दक्ष कालीगढ नहुँदा खुकुरी उत्पादन हुन नसकेको व्यवसायी सन्तोष विश्वकर्माले बताउनुभयो । 

व्यवसायलाई जीवन्त राख्नका लागि विभिन्न खालका खुकुरी बनाउने तालिम सरकारी निकायबाट सञ्चालन गरिनुपर्ने व्यवसायी विश्वकर्माको माग रहेको छ । व्यवसाय सञ्चालनमा समस्या रहेपनि खुकुरीको माग भने अत्यधिक रहेको बताइएको छ । 

विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका आरनहरु बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेका छन् भने गाउँघरमा सञ्चालित आरन प्रायः बन्द अवस्थामा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन