६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चाडपर्वको समयमा बैतडीमा झण्डै चार सय प्रहरी परिचालन

२३ आश्विन २०७८, शनिबार १०:१५

असोज २३, काठमाडौँ | बैतडीमा प्रहरीले सुरक्षा योजना बनाएर दशैं तिहारमा प्रहरी परिचालन गरेको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरुको आंकलन गरेर जिल्लाभरी ३८८ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

जिल्लाका सबै प्रहरी युनिटबाट  प्रहरी खटाएर दशैं तिहार जस्ता चाडपर्वमा शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको उनले बताए । चाडपर्वको समयमा राजमार्ग, बजार क्षेत्र र गाउँघरमा गस्ती बढाइएको छ ।

चाडपर्वको समयमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएकाले निर्धक्क भएर चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ । 

यस्तै जिल्लाका १० ठाउँमा प्रहरी सहायता कक्ष स्थापना गरिएका छन् भने धार्मिक स्थलहरुको सुरक्षाका लागि तीनवटा टोली खटाइएको छ । यस्तै, मोबाइल गस्ती दुइटा र १७ वटा पैदल गस्ती जिल्लामा खटाइएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता