2026-07-24 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैं भनेर जथाभावी नखानुस्, फूड पोइजनिङ होला ! यस्तो छ घरेलु उपचार बिधि

असोज २८, काठमाडौँ | दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च हुने गरेको छ । 

खानामा हुने संक्रमणलाई फुड पोइजनिङ भनिन्छ । खानाको क्षयीकरण भएपछि खाना अमिलिन्छ र सो खाना खाएमा फुड पोइजनिङ हुन्छ। गर्मी मोसममा फूड पोइजनिङको समस्या बढी देखिने गरेको छ । तर चाडबाडमा गरिने असन्तुलित खानाको सेवनले पनि यो समयमा फुड पोइजनिङ हुने गरेको छ ।

विशेषगरी खानेकुरामा हुने ब्याक्टेरियाका कारण फूड पोइजनिङ हुन्छ । पकाएको खानामा ब्याक्टेरिया मर्ने भएकोले नपकाएको खानामा फूड पोइजनको जोखिम बढी हुन्छ।

विशेषगरी ब्याक्टेरिया, प्यारासाइटजस्ता किटाणुले फुड पोइजन गराउँछ । चिसो पेयपदार्थ कोक, फ्यान्टालगायतका केमिकलयुक्त पेय पदार्थ खाँदा पनि फुड पोइजनिङको जोखिम बढी हुन्छ ।

फूड पोइजनले पेट तथा आन्द्रामा असर गर्छ । पोइजनका कारण वाकवाकी आउने, वान्ता हुने, डाइरिया हुने हुन्छ । त्यस्तै ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने, थकाइ लाग्ने, कमजोर महशुस हुने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिन पनि सक्छ।

फुड पोइजनिङकाट बच्न खानालाई सफा गरेर राम्रोसँग पकाउनु पर्छ। खाना बनाउनुअघि, खानु र खुवाउनुअघि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ। पकाएका खानेकुराहरु छोपेर राख्ननुपर्छ भने एकैपटक धेरै खानेकुरा खानु हुँदैन् । प्याकेजिङ खाना, केमिकलयुक्त खानेकुरा सकेसम्म नखाएको राम्रो ।

फुड पोइजनले दीर्घकालीन असर नगरेता पनि यसले स्वास्थ्यमा भने नकारात्मक असर पुर्याउछ।

घरेलु उपचार विधि 

– अदुवा चियामा थोरै मह मिसाएर दिनमा कम्तीमा तीनपटक पिउँदा फुड पोइजनिङबाट आराम मिल्छ। 

– नरिवल पानी सेवन गर्दा औषधिको काम गर्छ ।

– तुलसीको पातलाई उमालेर मह मिसाएर पिउँदा राहत मिल्छ।

– एक टुक्रा लसुन पानीमा राखेर पिउँदा ब्याक्टेरियल संक्रमणबाट मुक्ति पाउन सकिन्छ।

– एक चम्चा जीरा पिसेर खानामा प्रयोग गरेमा फूड प्वाइजनबाट छुटकारा पाउन सकिन्छ।

– फूड प्वाइजनमा स्याउ र केराको सेवन एकदमै लाभदायक मानिन्छ।

– यस्तो बेला पानीको सेवन बढी मात्रामा गर्दा फाइदाजनक हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक