भदौ २, काठमाडौँ । पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिएको स्क्रब टाइफस बिरामीको सङ्ख्या ७८ पुगेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, काठमाडौँ । पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिएको स्क्रब टाइफस बिरामीको सङ्ख्या ७८ पुगेको छ । 

२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

सामान्य औषधिले निको हुन्छ ‘स्क्रब टाइफस’

२ भाद्र २०७३, बिहीबार १२:३९

भदौ २, काठमाडौँ । पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिएको स्क्रब टाइफस बिरामीको सङ्ख्या ७८ पुगेको छ । 

समयमै उपचार गरे सामान्य औषधिमै निको हुने स्क्रब टाइफसका कारण तीन जनाको मृत्यु भएको पुष्टि समेत भइसकेको छ । रोगका विषयमा सही जानकारीको अभावका कारण बिरामीले स्वास्थ्य संस्था पुग्न ढिलाइ गर्ने गरेकाले दिनदिनै बिरामीको सङ्ख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रोगबाट बच्ने उपाय र उपचारका लागि देशका विभिन्न प्रभावित १६ स्थानमा स्क्रब टाइफसका लागि छुट्टै उपचार केन्द्रको स्थापना गरिएको छ । 

“समयमै उपचार पाए सामान्य औषधि तथा एन्टिबायोटिक औषधिको सेवन गर्नासाथ यो रोग निको हुन्छ” महाशाखाका निर्देशक डा भीम आचार्यले भन्नुभयो, “सङ्क्रमित बिरामी रोगले निकै कडा बनाएपछि मात्र स्वास्थ्य संस्था आउने गरेकाले यो रोग निकै कडा लागेको हो, त्यसैले यस रोगका विषयमा पर्याप्त जानकारी दिनका लागि हामीले प्रभावित १६ जिल्लामा उपचार केन्द्रको स्थापना गरिसकेका छौँ ।” 

स्क्रब टाइफस एक प्रकारको ज्वरो हो । समयमै उपचार पाए सामान्य औषधि तथा एन्टिबायोटिक औषधिले निको हुन्छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार प्रायःगर्मी मौसममा देखिने यो रोगको समयमैै उपचार नपाए मात्र शरीरका अन्य भागमा ‘रिकेटसिया’ भन्ने एक सूक्ष्म ब्याक्टेरियाका कारण मानिसमा सर्ने गर्छ । मुसा, छुचुन्द्रो लगायत जीवबाट ससाना मुसाका कानमा बस्ने माइट (एक प्रकारको सूक्ष्म किरा) उत्पन्न हुन्छ । त्यही किरा झारपातबाट मानिसमा सर्छ । झाडी, चौर, झारपात, पुराना काठ आदिमा बस्ने किराले मुसा मार्फत मान्छेमा सरेपछि स्वस्थ्य मानिस पनि स्क्रब टाइफसको सङ्क्रमित हुने गर्छ । 

उहाँका अनुसार स्क्रब टाइफसको सङ्क्रमण भएमा मानिसमा एकनाशले ज्वरो आउने, टाउको भारी हुने, चिटचिट पसिना आउने, आँखा वरिपरि दुख्ने, थकाइ लाग्ने, कमजोर हुने, घाँटी वरिपरि रातो हुने जस्ता लक्षण देखापर्छन् । समयमै यसको उपचार नगरिएमा मानिसको मृत्युसम्म हुन सक्ने जानकारी उहाँले दिनुभयो । 

हाल यो रोगको प्रयोगशालाको जाँच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गर्दै आएको छ । बिरामीको रगतमा भएका आइजिएम प्रकारको एन्टिबडी पत्ता लगाई रोग लागेको नलागेको पत्ता लगाइन्छ । 

स्क्रब टाइपस रोग अधिकारिक रुपमा गत वर्ष भदौ १३ गते नेपालमा पहिलो पटक देखिएको प्रमाणित भएको थियो । सरुवा रोग भए पनि मानिसबाट मानिसमा भने यो रोग सर्दैन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प