2026-07-24 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज काग तिहार मात्र होइन, कुकुर तिहार पनि

कात्तिक १७, काठमाडौं | यमपञ्चकको दोस्रो दिन अर्थात कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । आजै त्रयोदशी र चतुर्दशी परेकोले कुकुर तिहार पनि मनाइदैँ छ । आज बिहान ९ बजेर २२ मिनेटसम्म त्रयोदशी तिथि र त्यसपछि चतुर्दशी रहेको छ । ९ बजेर २२ मिनेटसम्म काग पूजा र त्यपछि कुकुर पूजा गर्नुपर्नेछ । 

कात्तिक कृष्ण चतुर्दशीका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन नजिकैको नदी वा पोखरीमा गएर स्नान, तर्पण गरी दक्षिण दिशातर्फ फर्काएर बत्ती बालेर बगाउने गरिन्छ । यसो गर्दा मृत्युपछि नरकको यात्रा गर्नु नपर्ने धार्मिक विश्वास छ ।

कुकुर तिहारका दिन कुकुरलाई मनपर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरिन्छ । कुकुरलाई पनि यमदूतको रूप मानिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।

कुकुर आज्ञापालक जनावर हो । घरको रेखदेखदेखि भेडाबाख्रा र घरपालुवा जनवारको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । संसारमा सबैभन्दा बढी घरपालुवाको रुपमा समेत कुकुर रहेको छ । 

प्राकृतिक प्रकोप जस्तै भूकम्प, पहिरो आउनुपूर्व कुकुरलाई सूचना हुने विश्वास छ । यो विश्वासलाई वैज्ञानिकहरूले समेत पुष्टि गरिसकेका छन् । कुकुरको महत्वलाई धार्मिकशास्त्रसँग जोडेर हेर्दा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले कुकुरलाई पनि सँगै लिएर गएको कथा महाभारतमा उल्लेख छ । 

तिहारको अन्तिम दिन अर्थात कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाइटीका मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक