२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

एम्बुलेन्समा बिहेको समान भेटिएपछि..

८ मंसिर २०७८, बुधबार ०९:५१

मंसिर ८, दार्चुला, न्युज कारखाना | एम्बुलेन्समा बिहेको समान ओसारेको भन्दै विप्लव तेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले एम्बुलेन्सलाई नियन्त्रणमा लिएका छन् । लेकम गाउँपालिकाको एम्बुलेन्सले मंगलबार राति बिहेको समान बोकिरहेको अवस्थामा मालिकार्जुन गाउँपालिका-४ ऐरिछानाबाट विप्लव समूहले नियन्त्रणमा लिएको हो ।

गाउँपालिकाको एम्बुलेन्सले व्यक्तिगत समान बोकिरहेको भन्ने जानकारी पाएपछि यात्रु र समान बोकिरहेको अवस्थामा नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टी विप्लवका लेकम गाउँपालिका इन्चार्ज भुवन जोशीले जानकारी दिए । 

गाउँपालिकाको एम्बुलेन्सले पटक पटक व्यक्तिगत समान बोक्ने गरेको र बिरामीलाई चाहिएको बेला नपाइने स्थानीयको गुनासो आएपछि नियन्त्रणमा लिएको उनको भनाइ छ । बिहेको समान र ६ जना यात्रु बोकेर मालिकार्जुन गाउँपालिका- ४ ऐरिछानाबाट लेकम गाउँपालिका- ४ खरकडातर्फ गइरहेको लेकम गाउँपालिकाको सु.प.प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स ऐरिछाना क्षेत्रबाटै राति १० बजे नियन्त्रणमा लिएको जोशीले बताए ।  

यात्रुलाई अर्को जिपमा घर पठाएको र एम्बुलेन्सको चाबी आफूहरूसँग रहेको उनले बताए । 'एम्बुलेन्स लिनका लागि हालसम्म कसैले सम्पर्क गरेका छैनन्, आगामी दिनमा दुरुपयोग नहुने सर्तमा सम्बन्धित व्यक्तिलाई चाबी बुझाउने तयारीमा छौँ,’ जोशीले भने ।  

एम्बुलेन्स विप्लव समूहले नियन्त्रणमा लिएको विषयमा कुनै औपचारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव‌ं सूचना अधिकारी पुस्कर सिंह ऐरीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो