भदौ ३, नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आम सञ्चार नीति २०७३ को सफल कार्यान्वयन सरकारले गर्नुपर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आम सञ्चार नीति २०७३ को सफल कार्यान्वयन सरकारले गर्नुपर"/>
२०८२, १७ चैत्र मंगलवार
काठमाडौँ - KTM

सञ्चार नीतिको सफल कार्यान्वयन हुनुपर्छ: अध्यक्ष विष्ट

२०७३, ३ भाद्र शुक्रबार ११:३४

भदौ ३, नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आम सञ्चार नीति २०७३ को सफल कार्यान्वयन सरकारले गर्नुपर्ने बताउनुभएको छ । 

महासङ्घद्वारा आज यहाँ आयोजित ज्येष्ठ पत्रकार सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुकको सबैखाले सञ्चार संस्थालाई व्यवस्थित र मर्यादित बनाउन सञ्चार नीतिको कार्यान्वयन पहिलो शर्त हुनुपर्नेमा जोड दिनुभयो । 

मुलुक र जनताभन्दा माथि पत्रकार र सञ्चार संस्था हुन नसक्ने स्पष्ट पार्दै अध्यक्ष विष्टले सञ्चार नीतिभित्र अटाउन आनाकानी गर्ने सञ्चारका निकायलाई कारबाहीको दायरामा ल्याउन सरकार कठोर बन्न सक्नुपर्ने सुझाव दिनुभयो । 

त्यस अवसरमा महासङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रीय लेखा समिति संयोजक दीपक पाण्डे, पूर्व जिल्ला अध्यक्ष नीरज गौतम र हेमन्त कर्माचार्यले पत्रकारितालाई मर्यादित बनाउन महासङ्घले ठोस योजना अघि सार्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा बाँके जिल्लाका ज्येष्ठ पत्रकार पन्नालाल गुप्ता, रामगोपाल वैश्य, वासुदेव श्रेष्ठ र गणेश जिसीलाई जनही रु १२ हजार नगदसहित ज्येष्ठ पत्रकार सम्मान प्रदान गरिएको थियो भने भूकम्पमा परी दिवङ्गत हुनुभएका सञ्चार उद्यमी स्व अच्युत प्रसाईंकी धर्मपत्नी मालती शर्मा सुवेदीलाई रु ५० हजार सहयोग उपलब्ध गराइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध