२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुकम्प पिडितको राहात चामल खाद्य संस्थान बझाङबाट बिक्री हुँदै

४ भाद्र २०७३, शनिबार ०२:०२

सम्राट सिंह/भदौ ४, बझाङ । गोरखा जिल्लामा गतवर्ष केन्द्रहुने गरि आएको विनासकारी भुकम्पमा परि पिडित परिवारहरुलाई राहात दिन विदेशवाट पठाएको चामल खाद्य संस्थान बझाङमा आएर विक्री गरिदै छ । 

क्षेत्रीय खाद्य संस्थानले बझाङ पठाएको उक्त बंगलादेशी उसिना नामक चामल यहाँको सिमखेत खाद्य संस्थानको गोदाममा विक्रीका लागी राखीएको छ । अरुवा मोटो चामल विक्री गर्दै आएको खाद्य संस्थानले बंगलादेशी उसीना चामल क्षेत्रिय खाद्य संस्थान धनगढीले पठाएपछि यहाँ यो चामल खान उपयुक्त नभएको भन्दै उपभोक्ताहरुले खरिद गरेका छैनन् । असारको महिनामा पठाएको  ३ सय १० कुन्टल बंगलादेशी चामल विस पच्सीस किलो भन्दा बढी विक्री भएको छैन । 

भुकम्प पिडितहरुका लागी विदेशवाट आएको यो चामल कतिसमय भन्सारका गोदाममा थन्कीयो होला यता पठाएर कसैले नकिने पछि गोदाममै कुहिने अवस्थामा रहेको खाद्य संस्थान सिमखेतका प्रमुख ईश्वरीदत्त पाण्डे्ले बताए । अरुवा मोटो चामल हुदाँ पनि खासै चामल किन्न मान्छे नआउने सिमखेत गोदाममा अहिले त झनै दिनको एकदुई किलो पनि बिक्री नहुने गरेको उनको भनाइ छ ।

बंगलादेशी उसिना चामल आफैमा खान उपयुक्त छैन त्यसैमा बजारको भन्दा मुल्यबढी छ कसरी बिक्रीहुन्छ खाद्य प्रमुख पाण्डेले भने यस्तै होभने यो चामल सवै सढेर फाल्नुपर्ने अवस्था आउने छ । यहाँ १५ सय क्युन्टल सदरमुकाम सिमखेत गोदामका लागी २४ सय २७ क्युन्टल विसौना चौरमा र २ हजार क्युन्टल तल्कोट डिपोका लागी खाद्य संस्थानको चामल उपलव्ध हुने गरेको छ ।

भुकम्पपिडितहरुका लागी दिने चामल गोदाममा सढ्न थालेपछि यहाँ पठाएको रहेछ सुवेडाका राजेन्द्र प्रशाद जोशीले भने भातको सिता र दाल मिसिदैन खाँदाखेरी पनि उपयुक्त नभएकाले बंगलादेशी चामल कोहि किन्दैनौ । बजारमा ३७ । 

३८ केजीमा पाईने मोटो चामल खाद्य संस्थानले प्रतिकेजी ३९ दर लगाएको हुदाँ पनि  महड्गो भएर चामल किन्न खाद्यमा कोही जाँदैनन् । विदेशीले भुकम्प प्रभावीत क्षेत्रमा पिडितहरुका लागी दिनु पर्ने राहात चामल जिल्लामा किन पठाएको रहेछ भनेर खाद्य सस्थान डिपोका प्रमुख ईश्वरीदत्त पाण्डेपनि अनविज्ञ छन् । 

यता खाद्य सस्थानका अञ्चल प्रमुख डिल्लीराज लम्सालले अरुवा मोटो चामल सकिएको हुदाँ विभागको दिएअनुसार बंगलादेशी चामल पठाएको वताए । उनले भने चामल विक्री गरेको रकम पनि असाह गरिबकै लागी खर्च गरिने छ ।

जिल्लामा खाद्यान्नको अभाव हुने तर खाद्य संस्थानले जनताको खाद्य आपुर्तिका लागी प्रभावकारी निति नवनाउदाँ संस्थानको सेवा प्रभावकारी हट्दै गएको छ । जिल्ला खाद्य संस्थानको गोदाममा चामल बिक्री नभएर कुहिन अवस्थामा रहेको बेला जिल्लाका विकट गाविसमा भने चामलको अभाव छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य