Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भुकम्प पिडितको राहात चामल खाद्य संस्थान बझाङबाट बिक्री हुँदै

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सम्राट सिंह/भदौ ४, बझाङ । गोरखा जिल्लामा गतवर्ष केन्द्रहुने गरि आएको विनासकारी भुकम्पमा परि पिडित परिवारहरुलाई राहात दिन विदेशवाट पठाएको चामल खाद्य संस्थान बझाङमा आएर विक्री गरिदै छ ।

क्षेत्रीय खाद्य संस्थानले बझाङ पठाएको उक्त बंगलादेशी उसिना नामक चामल यहाँको सिमखेत खाद्य संस्थानको गोदाममा विक्रीका लागी राखीएको छ । अरुवा मोटो चामल विक्री गर्दै आएको खाद्य संस्थानले बंगलादेशी उसीना चामल क्षेत्रिय खाद्य संस्थान धनगढीले पठाएपछि यहाँ यो चामल खान उपयुक्त नभएको भन्दै उपभोक्ताहरुले खरिद गरेका छैनन् । असारको महिनामा पठाएको  ३ सय १० कुन्टल बंगलादेशी चामल विस पच्सीस किलो भन्दा बढी विक्री भएको छैन ।

भुकम्प पिडितहरुका लागी विदेशवाट आएको यो चामल कतिसमय भन्सारका गोदाममा थन्कीयो होला यता पठाएर कसैले नकिने पछि गोदाममै कुहिने अवस्थामा रहेको खाद्य संस्थान सिमखेतका प्रमुख ईश्वरीदत्त पाण्डे्ले बताए । अरुवा मोटो चामल हुदाँ पनि खासै चामल किन्न मान्छे नआउने सिमखेत गोदाममा अहिले त झनै दिनको एकदुई किलो पनि बिक्री नहुने गरेको उनको भनाइ छ ।

बंगलादेशी उसिना चामल आफैमा खान उपयुक्त छैन त्यसैमा बजारको भन्दा मुल्यबढी छ कसरी बिक्रीहुन्छ खाद्य प्रमुख पाण्डेले भने यस्तै होभने यो चामल सवै सढेर फाल्नुपर्ने अवस्था आउने छ । यहाँ १५ सय क्युन्टल सदरमुकाम सिमखेत गोदामका लागी २४ सय २७ क्युन्टल विसौना चौरमा र २ हजार क्युन्टल तल्कोट डिपोका लागी खाद्य संस्थानको चामल उपलव्ध हुने गरेको छ ।

भुकम्पपिडितहरुका लागी दिने चामल गोदाममा सढ्न थालेपछि यहाँ पठाएको रहेछ सुवेडाका राजेन्द्र प्रशाद जोशीले भने भातको सिता र दाल मिसिदैन खाँदाखेरी पनि उपयुक्त नभएकाले बंगलादेशी चामल कोहि किन्दैनौ । बजारमा ३७ ।

३८ केजीमा पाईने मोटो चामल खाद्य संस्थानले प्रतिकेजी ३९ दर लगाएको हुदाँ पनि  महड्गो भएर चामल किन्न खाद्यमा कोही जाँदैनन् । विदेशीले भुकम्प प्रभावीत क्षेत्रमा पिडितहरुका लागी दिनु पर्ने राहात चामल जिल्लामा किन पठाएको रहेछ भनेर खाद्य सस्थान डिपोका प्रमुख ईश्वरीदत्त पाण्डेपनि अनविज्ञ छन् ।

यता खाद्य सस्थानका अञ्चल प्रमुख डिल्लीराज लम्सालले अरुवा मोटो चामल सकिएको हुदाँ विभागको दिएअनुसार बंगलादेशी चामल पठाएको वताए । उनले भने चामल विक्री गरेको रकम पनि असाह गरिबकै लागी खर्च गरिने छ ।

जिल्लामा खाद्यान्नको अभाव हुने तर खाद्य संस्थानले जनताको खाद्य आपुर्तिका लागी प्रभावकारी निति नवनाउदाँ संस्थानको सेवा प्रभावकारी हट्दै गएको छ । जिल्ला खाद्य संस्थानको गोदाममा चामल बिक्री नभएर कुहिन अवस्थामा रहेको बेला जिल्लाका विकट गाविसमा भने चामलको अभाव छ ।