५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल

१४ मंसिर २०७८, मंगलवार ०५:०३

मंसिर १४, खोटाङ, न्युज कारखाना | खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका प्रत्येक टोलमा विद्युतीय कुटानी-पिसानी मिल वितरण गरिएको छ । ढिकी जाँतोमा अन्न पिस्दैआएकालाई लक्षित गरी वडा कार्यालयले तीन आर्थिक वर्ष लगाएर प्रत्येक टोलमा धान, मकै, गहुँ, कोदो पिस्ने कुटानीपिसानी मिल वितरण गरेको हो । 

१३ असार २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि थालिएको विद्युतीय कुटानीपिसानी मिल वितरण अभियान पूरा भएको वडाध्यक्ष रमेश राउतले बताए । महिलाको सुविधाका लागि वडा कार्यालयले विभिन्न टोलमा १९ वटा कुटानी पिसानी मिल उपलव्ध गराएको छ । 

ढिकी जाँतो विस्थापनका लागि वडा कार्यालयले विनियोजन सोमबार घुर्चु, डाँडागाउँ, गैरीटोल, बरबोट, करमबोट र राउत टोलका आमा समूहलाई ६ वटा कुटानी पिसानी मिल वितरण गरेकाे छ । आमा समूहलाई प्रति समूह ४९ हजार पर्ने विद्युतीय कुटानी पिसानी मिल प्रदान गरिएको वडाध्यक्ष राउतले बताए ।वडा कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा चार वटा, आर्थिक वर्ष २०७५/०७६ मा नाै वटा र चालु आर्थिक वर्ष ६ वटा मिल बाँडेकाे हो । ढिकीजाँतोमा अन्न पिस्न समय लाग्ने र श्रम पनि बढी खर्च हुने भएकाले मिल वितरण गरिएको हो ।  टोलका एक स्थानीयमार्फत मिल सञ्चालनको व्यवस्था मिलाइएको छ ।

एउटा मिलले टोलका १५/२० घर स्थानीय लाभान्वित भएका छन् । नगरपालिकाबाट बजेट व्यवस्था गर्न सकिए महिला समूहलाई थप कुटानी पिसानी मिल उपलव्ध गराइने वडाध्यक्ष राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता