२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा मतदाता नामावली सङ्कलन कार्य सुरु हुँदै

१६ मंसिर २०७८, बिहीबार ०३:२८

 मंसिर १५, अछाम, कल्पना बोहरा/न्युज कारखाना | अछाममा मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर अछाममा पनि फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु हुने भएको हो । जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो । 

मंसिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा सञ्चालन हुने निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए । दुई चरणमा सञ्चालन हुने नामावली संकलन कार्य प्रत्येक पालिकामा १० दिनसम्म सञ्चालन हुने र बिदाको दिनसमेत जारी रहने बताइएको छ । ६ गाउँपालिका र ४ नगरपालिका सहित १० स्थानीय तह रहेको अछाममा पहिलो चरणमा मंसिर १७ गते देखि मङ्सिर २६ गते सम्म जिल्लाका कमलबजार नगरपालिका, ढकारी गाउँपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिकामा सञ्चालन हुनेछ ।

दोस्रो चरणमा मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ । 

मंगलसेन नगरपालिकाका मतदाता र जिल्ला भित्रका अन्य मतदाताहरूले जिल्ला निर्वाचन कार्यालय अछाम तथा जिल्ला प्रशासन कार्यालय अछाममा रहेको मतदाता नामावली संकलन कक्षबाट सेवा लिन सक्ने कार्यालय प्रमुख थारुले बताए । उनले बाह्य जिल्लाबाट आएका नागरिकका लागी पनि मतदाता नामावली कार्य सञ्चालन हुने जानकारी दिए । नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्ता स्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ ।

स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् । फोटोसहितको मतदाता नामावली संकलनको लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

अछाममा हालसम्म १ लाख ४८ हजार ४ सय जनाले भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका निमित्त जिल्ला निर्वाचन अधिकारी थारुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै