२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाको लिमीमा २१५ क्विन्टल खाद्यान्न पुर्‍याइयो

२०७८, १६ मंसिर बिहीबार ११:१५

मंसिर १६, सुर्खेत | खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २ खाद्यान्न पुर्‍याइएको हो । 

लिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएपछि  वडा अध्यक्ष पाल्जोर तामाङ खाद्यान्न पठाउनुपर्ने माग गर्दै काठमाडौंमा पुगेका थिए । जनप्रतिनिधिले खाद्यान्न पठाउन पहल गरेपछि सेनाको हेलिकोप्टरमार्फत् लिमीमा खाद्यान्न ढुवानी गरिएको हो ।

लिमी क्षेत्रमा पठाएको २५० क्विन्टल खाद्यान्नले करिब चार महिना खान पुग्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘योे खाद्यान्नले त्यहाँ तीनदेखि चार महिना पुग्छ’,  उनले भने, ‘अभाव भए थप पठाउनेछौं ।’

लिमी क्षेत्रमा हिमपातका कारणले आवातजावत गर्न समस्या हुने गरेको छ । नाम्खाका लागि यस वर्ष एक हजार क्विन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको थियो । तर, हालसम्म ढुवानी भएको थिएन । खाद्यान्न ढुवानी समयमा नहुदाँ भोकमरीको समस्या निम्तिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश