५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका स्थानीय तहबाटै मतदाता नामवली संकलन

१७ मंसिर २०७८, शुक्रबार ०४:५०

मंसिर १७, तनहुँ, न्युज कारखाना | तनहुँमा शक्रबार आजदेखि स्थानीय तहबाटै मतदाता नामवली संकलन हुँदैछ ।  जिल्ला निर्वाचन कार्यालयले झण्डै तीन हप्तासम्म स्थानीय तहबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाएको हो । 

नागरिकको सहजताका लागि स्थानीय तहबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताए । ‘निर्वाचन कार्यालय र जिल्ला प्रशासनबाट निरन्तर मतदाता नामावली संकलन भइरहेको छ । यहाँसम्म आउन नसक्नेलाई स्थानीय तहबाट सेवा दिँदैछौँ’, उनले भने ।

जिल्लाका नौ स्थानीय तहमा दुई चरणमा मतदाता नामावली संकलन गरिने ढकालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा शुक्रबारदेखि जिल्लाका भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, देवघाट, बन्दीपुर र म्याग्दे गाउँपालिकामा अभियान चल्नेछ । यी पालिकामा २६ मंसिरसम्म मतदाता नामावली संकलन हुनेछ ।

दोस्रो चरण अन्तर्गत २९ मंसिरदेखि  ९ पुससम्म शुक्लागण्डकी र भानु नगरपालिका, ऋषिङ र आँबुखैरेनी गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ । व्यास नगरपालिकाको केन्द्र सदरमुकाम दमौली बजारमा रहेकाले मतदाता नामावली संकलन गर्न कार्यालयबाट टोली खटिने छैन् । व्यास वासीले जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाटै सेवा लिनेछन् ।

मतदाता नामावली संकलन गर्न प्रत्येक स्थानीय तहमा चार जना कर्मचारी खटाइनेछ । दर्तास्थल व्यवस्थापक, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहायक खटाइने कार्यालयले जनाएको छ । मतदाता नामावली संकलन गर्न आउने टोलीलाई सघाउन हरेक स्थानीय तहमा सहयोग, समन्वय तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।

स्थानीय तह पनि मतदान गर्न योग्य सबै नागरिकलाई मतदाता नामावलीमा समेट्ने प्रयासमा छन् । मतदाता नामावली प्रविष्ट गाउँपालिकाबाट हुने प्रचारप्रसारका गर्न कर्मचारी नै खटाएको म्याग्देका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम अधिकारीले बताए । ‘गाउँपालिकाले एक जना कर्मचारी नै खटाएर टोल टोलमा खबर पुर्‍याएका छौँ । मतदाता नामावलीमा छुटेका सबैलाई समेट्ने प्रयास गरेका छौँ’, उनले भने ।

बन्दीपुर गाउँपालिकाले वडा अनुसार मतदाता नामावली प्रविष्ट गर्ने तालिका तयार पारेको छ । वडा अनुसार सेवा दिँदा भिडभाड नहुने र सहज सेवा प्रवाह हुने भएकाले तालिका बनाएको सहयोग समन्वय तथा प्रचारप्रसार समितिका सदस्य सचिव विष्णु खत्री क्षेत्रीले बताए । शुक्रबारदेखी अन्यत्र जिल्लामा स्थायी बसोवास भई तनहुँमा रहेकाले पनि यसपालि मतदाता नामावली दर्ता गराउन सकिनेछ ।

तनहुँमा २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ९० हजार ४ सय ७१ मतदाता थिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको बेला २० हजार ९ सय ७५ मतदान गर्न योग्य मतदाता थपिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । त्यसपछि गत २५ पुससम्म १५ हजार ६ सय मतदाता थपिएर कुल मतदाताको संख्या दुई लाख २७ हजार ४६ पुगेको थियो । गत साउनदेखि दुई हजार आठ सय १७ जनाले मतदाता नामावली फारम भरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता